वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, जेठ ३० । नेपाली कलाकारिता क्षेत्रका एक विशिष्ट हस्ती ९२ बर्षीय भीम बहादुर थापाको आज (बुधबार) निधन भएको छ । उहाँको बुधबार बिहान दुई बजेतिर निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि केही समय प्रज्ञाभवनमा राखिएको थियो र अहिले उहाँलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । ब्रिटिश आर्मीमा समेत रहनु भएका उहाँ दोस्रो विश्वयुद्धमा लडाईं पनि लडेका थिए ।