जहाँ खाजा खाए वापत पैसा होइन, प्लास्टिकको फोहर दिए पुग्छ

प्रकाशित मिति : २०७५ जेष्ठ २५

एजेन्सी । दुनियाँमा कुन क्याफे अथवा रेस्टुरान्ट होला पैसा नदिन खान पाइने सायदै हुँदैन तर अचम्मको कुरा यही दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपाईं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ ।

बेलायतको लण्डनमा रहेको द रबिस यस्तो क्याफे हो जहाँ तपाईलाई फोहोरको बदलामा खानेकुरा दिन्छ । तपाईलाई उक्त क्याफेमा भएको मनपर्ने खानेकुरा खान मन लाग्यो भने आफ्नो घरमा भएको प्लास्टिकको फोहोर लैजानुस र खानुस् तर एउटा शर्त भने लागू हुनेछ उक्त फोहोर रिसाइकल गर्न मिल्ने खालको हुनु आवश्यक छ ।

यो क्याफे महिनामा जम्मा दुई दिन मात्र खुल्दछ । ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा पस्किइन्छ ।

इ–कभर नामको संस्थाले वातावरण विनासको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो ।