गणितमा ए गुणा ए बराबर ए स्क्वायर हुन्छ । कोष्ट बाहिरको अङ्कले कोष्ट भित्रको अङ्कलाई गुणा गरेर आउने परिणामलाई त्यसको उत्तर मानिन्छ । जस्तै २ (२) बराबर ४ हुन्छ । किनकि यो भनेको २२ हो । अहिले नेपाल मण्डलको एउटा स्वघोषित नामधारी कम्युनिष्ट पाटी अर्थात् सत्ताधारी कम्युनिष्ट पाटी त्यस्तै भएको छ । सत्ताधारी कम्युनिष्ट पाटीको नामको नयाँ न्वारान भएर निर्वाचन आयोगमा पञ्जिकृत पनि भइसकेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) । यसको पहिलाको नाम चाहिँ नेकपा अण्डरलाइन थ्यो’ । अहिले नेकपा (नेकपा) भयो । नेकपा अण्डरलाइन हुनु भन्दा अगाडि दुइटा नेकपा थिए । एउटा नेपाल कम्युनिष्ट पाटी (एमाले) र अर्को नेपाल कम्युनिष्ट पाटी (माओवादीकेन्द्र) । यी दुवैलाई छोटकरीमा भन्दा र लेख्दाखेरी नेकपा (एमाले) र नेकपा (माके) भनिन्थ्यो र लेखिन्थ्यो पनि । यी दुइटा पाटी मिल्ने भएपछि दुवैले कोष्ट भित्रको पुच्छर हटाए । त्यसपछि यिनले नाम राखे नेकपा अण्डरलाइन र त्यसको दर्ता श्रेस्ता पनि कायम गरे । जसरी कसैको घरमा नयाँ बच्चा जन्मियो भने पुरेत बोलाएर वा आफै त्यो बच्चाको नाम राखिन्छ र केही समयपछि त्यसलाई सम्वन्धित क्षेत्रको स्थानीय निकायमा गएर पञ्जिकरण गरिन्छ । त्यसैगरी राजनीतिक दलको हकमा नयाँ दल जन्मियो भने त्यसको नाम राखेर जन्मेको कागजपत्र सहित निर्वाचन आयोग नाम गरेको निकायमा गएर पञ्जिकृत गर्नु पर्छ । यो सबैले जानेमानेकै कुरो भयो । यिनीहर्ले पनि त्यो काम गरे गराए ।
यो कैलुब्राह कुनै समयमा हाइस्कूलको गणित पढाउने मास्टर थ्यो’ । त्यसैले यसलाई सानोतिनो हिसाब किताव निकाल्न आउँछ । सत्ताधारी राजनीतिक दलको पनि गणितमा हिसाब निकाल्न मन लागो । त्यसपछि हिसाबैमा यसको नतिजा के हुँदो र’छ त भनेर देखाउने जमर्को गरिएको छ ।
पहिला कुरो गरौँ नेकपा स्क्वायर कि भयो ? जस्तो कि हामीले पहिला पूरा नाउँ नेपाल कम्युनिष्ट पार्टीलाई छोटकरीमा भन्दा र लेख्दा नेकपा मात्रै भन्थ्यौँ र लेख्थ्यौँ । यसरी दुइटा पाटी मिलेर एउटा बन्दा नेकपा नेकपा राखे । त्यो पनि एउटा बाहिर अर्को कोष्ट भित्र । गणितको नियमअन्सार बाहिरको अङ्कले कोष्टको अङ्कलाई गुणान गरिन्छ । बाहिरको अङ्क वा अक्षर र भित्रको अङ्क वा अक्षर फरक भयो भने फरक उत्तर आउँछ । यदि बाहिरको अङ्क वा अक्षर र कोष्टभित्रको अङ्क वा अक्षर एउटै भयो भने त्यसलाई छोटकरीमा लेख्दा एउटा अङ्क लेखेर स्क्वायर दिने चलन छ । हो, त्यसैले सत्ताधारी पाटीको नाउँ पनि बाहिर र भित्र एउटै भएकाले त्यो पनि नेकपा स्क्वायर हुन गएको हो । यसलाई थप बल पु¥याउने अर्को पनि कारण छ । कुनै पनि पार्टीमा अध्यक्षको पद एक थान मात्रै हुन्च । यो त नेपाल मण्डलदेखि संसारको कुरा एउटै हो । तर यो पाटीमा अध्यक्षका पद पनि दुई थान छ । दुई थान अध्यक्ष छन् । यहाँ पनि अध्यक्ष स्क्वायर भयो । अध्यक्ष नै स्क्वायरमा भएकोले पाटी पनि स्क्वायरमै रहन गयो । यो संयोग मात्रै हैन । जानिबुझी सोची विचारी गरिएको काइदा हो ।
आर्को कुरा पार्टीलाई पाटी किन भनियो ? यसको पनि कारण छ । पार्टी भनेको निश्चित विचार, सिद्धान्त, लक्ष्य र उद्देश्य लिएर विधि विधान बनाएर तलदेखि माथिसम्मका सदस्यस्हरूको बराबरी हक र अधिकार बनाएर विधिसम्मत तरिकाले तलबाट चुनिँदै माथिल्ला जिम्मेवारीमा पुग्ने पद्दतीअन्सार चल्ने निश्चित सङ्गठन हो । नेकपा स्क्वायरमा यो सबै कुरालाई गोली मारेर गोलमालमा सङ्गठन चलाउने र कस्तो पाटी बनाउने, कस्लाई कुन जिम्मेवारी दिने आदि इत्यादि कुराको छिनोफानो लगाउने अधिकार अध्यक्ष स्क्वायरलाई मात्रै भएकाले पनि यसलाई पार्टी नभनेर पाटी भन्नु नै उपयुक्त हुन्छ । पाटीमा बास बस्नका लागि कुनै पनि जात, धर्म, पेसा, लिङ्ग, उमेर, क्षेत्रले छेक्दैन । पार्टी त निश्चित विचार, लक्ष्य, उद्देश्य लिएर एउटै वर्गको प्रतिनिधित्व भएको हुन्छ । तर नेकपा स्क्वायरमा त्यो पनि छैन । आपूmलाई कम्निस भन्छन् तर त्यहाँ कम्निस र नकम्निसहरू पनि अटाएका छन् । सङ्गठन पनि बैठकै बस्न नसकिने गरी आमसभा गर्नु पर्ने खालका छन् । त्यसैले यो पार्टी हैन पाटी नै हो । त्यहाँ आउने जानेको लर्को लागिरहन्च । आउने आउँचन् जाने जान्चन् जे गर्न पनि छुट छ । जीवनमा कहिल्यै कम्निसको कखरा पनि नपढेका बरू कम्निसलाई न्वारानदेखिको बल लगाएर गाली गर्ने, दमन गर्ने गरेका मनुवाहरू पनि ठूलठूला पदमा आसिन भएका छन् । त्यसैले पनि यो पार्टी हैन पाटी नै हो । अव उप्रान्त यो नेकपा स्क्वायरलाई सबैले पाटी भन्नु नै मुनासिव ठहर्च ।
स्क्वायर वाला अध्यक्षले जनयुद्ध सुरू हुनु भन्दा पहिला आधार वाला अध्यक्षको पाटी नेकपा एमालेलाई प्रतिक्रियावादी पाटी भन्थे र उसलाई वर्गीय दुश्मन भनेर उसित आफ्नो पाटीका नेता कार्यकर्तालाई उकासेर लड्न लगाए । पछि जनयुद्धलाई टुकुचामा ल्याएर आफैले सेलाउँदै सतगत गरेपछि आपूm त्यही प्रतिक्रियावादी सरकारको पर्धानमन्तरी खाए । आफैले प्रतिक्रियावादी भनेको पाटीले धोका दिएर सरकारबाट उछुट्टाइदिएपछि फेरि टुँडिखेलमा देशैभरीबाट कार्यकर्ता उरालेर छ दिनसम्म देशै ठप्प पारेर त्यसका विरुद्ध लडे । त्यसबेला त झन् अब एमाले भन्ने पाटी पाहाडको टुप्पोबाट खोज्नुपर्ने भनेर जन्मेदेखि सिकेका गाली शब्दका बर्षा गरे । घुम्दै फिर्दै रुम्जाटार पुगेर अहिले आफैले प्रतिक्रियावादी भनेको पाटीसित टाउको, शरीर, हातखुट्टा, मन मुटु सबै जोडेर एउटै पाटी बनाए । कोष्ट बाहिर पुरानो प्रतिक्रियावादी र कोष्टभित्र नयाँ प्रतिक्रियावादीको गुणान भयो । नेकपा (नेकपा) इजिकल्टु नेकपा स्क्वायर अर्थात् प्रतिक्रियावादी (प्रतिक्रियावादी) इजिकल्टु प्रतिक्रियावादी स्क्वायर भयो । एउटा प्रतिक्रियावादीले अर्को प्रतिक्रियावादीलाई गाुणन गर्दा आउने गुणनफल महाप्रतिक्रियावादी वा घोर प्रतिक्रियावादी हुन्छ ।
हिजो एमालेले आफूलाई कम्निष्ट पाटी भन्थ्यो तर अर्को कम्निष्ट पाटी माओवादीलाई आतङ्ककारी भनेर सिआइडि सुराकी ग¥यो । आफ्नो वर्ग मिल्ने पाटी काङ्ग्रेससँग मिलेर संसद, सरकारमा बस्यो र आतङ्ककारी विधेयक ल्याउन मदत ग¥यो । माओवादी नेताको टाउकाको मोलमोलाई गरेर दमन ग¥यो । यदि ऊ कम्निष्ट हुन्थ्यो भने अर्को कम्निष्टलाई त सघाउनु पथ्र्यो । माओवादीले पनि एमालेलाई प्रतिक्रियावादी भन्यो र उसका विरुद्ध लडेर आफ्नो व्यवस्था ल्याउन कार्यकर्तालाई उकास्यो । यदि एमालेलाई कम्निष्ट मानेको भए त दुवै मिल्नु पथ्र्यो । तर यी दुई जारभतार जस्ता भए । जस्ले जहाँ भेट्छ सिध्याउने । ठिक त्यसैगरी आज यिनीहरू दुबै प्रतिक्रियावादी बनेका छन् र एउटै विचार, सिद्धान्त, लक्ष्य, उद्देश्य मिलेर वर्ग पनि एउटै भएको हुनाले एउटै पाटी बनाए र अर्को कम्निष्ट पार्टीलाई दमन गरेका छन् । यसले पनि गणितको सिद्धान्तअन्सार प्रतिक्रियावादी इन्टु प्रतिक्रियावादी इजिकल्टु प्रतिक्रियावादी स्क्वायर भयो । जोडफलमा महा प्रतिक्रियावादी या घोर प्रतिक्रियावादी भयो । सबैलाई चेतना भया । नहुन्यालाई दमन गरेर सिध्याया ।
२० जेठ २०७५