युवाहरुको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्न महासचिव किरण कपिलवस्तुमा,  बुटवलमा ‘वृहत् युवा मार्चपास’को तयारी

युवाहरुको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्न महासचिव किरण कपिलवस्तुमा,  बुटवलमा ‘वृहत् युवा मार्चपास’को तयारी

बुटवल १ जेष्ठ । क्रान्तिकारी युवा लिग, नेपाल प्रदेश नं ५ ले भोली बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्ने भएको छ । युवा मार्चपासको आवश्यक सम्पूर्ण तयारी पुरा भएको युवा लिगले जनाएको छ । माचपार्सको तयारीको क्रममा मंगलबार बुटवल र भैरहवामा माइकिङ गरिएको छ । लिगले दिउंसो २.०० बजे बुटवलको पुष्पलाल पार्कबाट मार्चपास गदैं युवाहरुको र्याली निकाल्ने र उक्त र्यालीले बुटवल बजार परिक्रममा गरि (ट्राफिक चोक)मिडिया चोकमा पुगेर सभामा परिणत हुने लिगले जनाएको छ ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य परि थापा, पोलिटव्यूरो सदस्य द्वय केबी गुरुङ, प्रेम सुवेदी, युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि युवा लिगले कपिलवस्तुमा आयोजना गरेको प्रदेश ५ को युवा परिक्षणको उद्घाटन महासचिव बैद्यले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ११.०० बजे हुने लिगले जनाएको छ । प्रशिक्षणमा १२ जिल्लाका दुई सय युवाहरुको सहभागिता रहने लिगले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी महासचिव मोहन बैद्य, स्थायी समिति सदस्य परि थापा मंगलबार बुटवल हुँदै कपिलवस्तु पुग्नुभएको छ ।