
काठमाडौं . इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्ष प्रदान गर्ने पुरस्कृत स्रष्टाहरुलाई प्रतिष्ठानका सदस्यसचिव हिरामणि दुःखीले आज एक विज्ञप्ती प्रकाशित गर्दै सार्वजनिक गरेका छन् । यही बैशाख २८ गते बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकको निर्णय अनुसार यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७५’ नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत चालीसको दशकदेखि निरन्तर क्रियाशील हुँदै कविता लेखनमा सक्रिय रहेका चितवन टाँडीका प्रगतिवादी कवि मोदनाथ मरहट्टा र नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्गको संवेदनालाई कविता र निवन्धका माध्यमबाट चित्रण गर्दै आएका चाल्नाखेत काठमाडौं निवासी कवि विनोदविक्रम केसी लाई संयुक्त रूपमा दिइने निर्णय भएको छ ।

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ विगत लामो समयदेखि साहित्यलेखनमा क्रियाशील काठमाडौंकी कवि शोभा दुलाल लाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ जनयुद्धकालदेखि गीत, संगीत साधनामा रहेकी धनकुटा हाल कालीकोट निवासी गायक पूmलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई दिइने भएको कुरा वक्तव्यमा जनाइएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ । यही जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक चैतन्यबाट प्रदान गरिने कुरा सदस्य सचिव दुःखीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।