लगभग ६५ वर्ष पछि उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता

लगभग ६५ वर्ष पछि उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं, वैशाख १४ । उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग कुराकानी गर्न दक्षिण कोरिया पुगेका छन् । यो ऐतिहासिक भेट हुन् उत्तर र दक्षिण कोरियालाई लगभग ६५ वर्ष लाग्यो ।

सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो ।

वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए । उनीहरुले एकअर्कासँग हात मिलाएका थिए । एएफपीका अनुसार मुनले किमसँग ‘तपाईंलाई भेट्न पाउँदा म खुसी छु,’ भनेका थिए । बीबीसीका अुनसार उनीहरुबीचको शिखर वार्ता असैन्य क्षेत्रमा हुने भनिएको छ ।

यो ऐतिहासिक भेटवार्ताप्रति विश्वको चासो उत्तर कोरियामा छ । उत्तर कोरियाले हालै परमाणु हतियार कार्यक्रम रोक्ने संकेत दिएको थियो । यो भेटवार्तापछि उसले कस्तो कदम चाल्छ भन्ने चासो व्यापक छ ।