
चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले चितवनको सीआइटीएस (एन.पि.आ.नारायणी सामुदायिक हस्पिटल कलेज) मा इकाई कमिटि गठन गरेको छ ।
प्राप्त समाचार अनुसार उक्त इकाई कमिटिको अध्यक्षमा प्रताप बस्याल, उपाध्यक्षमा राजन भण्डारी र गणेश भोगी, सचिवमा मरेश रोकाया, सहसचिव अन्जु पोखरेल, कोषाध्यक्षमा सरिता कुमारी कृस्बालगायत रहेका छन् ।
क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अमृत चपाईको प्रमुख उपस्थितिमा सम्पन्न भेलामा सप्तगण्डकी कलेजका इकाई अध्यक्ष कृष्ण सुनारको पनि उपस्थिति रहेको थियो ।






























