काठमाडौं, चैत १३ । महानगरीय प्रहरी वृत्त, गौशलाले विदेशबाट ल्याएको अवैध ४७ तोला सुनसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा सबेला–१२ का २० वर्षीय महोमद महमद सेफुल्ला, सर्लाहीको मलंगवा–७ का २५ वर्षीय रवी महतो र सिराहाको मिर्चैया–१० का ३८ वर्षीय राम पुकार महतो छन् ।
उनीहरुलाई सोमबार विदेशबाट अवैध सुन तस्करी गरिरहेको सुराकीका आधारमा पक्राउ गरिएको वृत्तका प्रमुख अनुपम श्रेष्ठ जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालय, गौचरणमा थप कारबाहीका लागि सुनसहित पठाइएको छ ।






























