नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक एवं नव–औपनिवेशिक मुलुक हो । यस्तो देशमा अन्तरविरोधै अन्तर–विरोधको गुजुल्टो हुन्छ । धेरै अन्तरविरोधहरु जोल्ठ्ठीएर बनेको गुजुल्टो फुकाउन धेरै गा¥हो हुन्छ । तर यसको पनि फुकाउन सकिने तरिका हुन्छ । राज्यसत्ता पक्षीय शक्तिहरु पनि सोलोडोलो एउटै छैनन् । राज्यसत्ताका शक्तिहरु पनि विविध छन् । यतिबेला राज्यसत्तामा मुख्यगरी तीन तह सामेल छन् । ती यसप्रकार छन् ः (१) सत्ता सञ्चालनको असाध्यै लामो अनुभव बोकेको सामन्तवादी शक्ति (२) सामन्तवादसँगै संसर्ग गर्दै आएको सत्ता संचालनको लामै अनुभव भएको नोकरशाही पुँजीवादी शक्ति र (३) साम्राज्यवाद र विस्तारवादले आफ्नो प्रतिनिधिको रुपमा नेपालभित्रै निर्माण गरेको दलाल पुँजीवादी शक्ति । यी तीन तत्वहरु एक अर्कोबाट कुनै हालतमा पनि छुट्टिन नपरोस् भनी जोल्ठ्ठीएर रहेका छन् । यिनीहरुको यो गठजोडमा पनि यतिबेला मुख्य हाँकोडाँको चाँही दलाल पुँजीवादीहरुकै छ । मुख्य गरी दलाल तत्वहरुले नेपालको सन्दर्भमा भारतीय विस्तारवादको एकधिकार पुँजीवादी योजनाहरुलाई जनतामा जबरजस्ती थोपरिरहेका छन् । सबैभन्दा पहिले यिनीहरु नव–उदारवादी सिद्धान्त अनुसार आफू स्वयम्लाई दलालमा रुपान्तरण गराई देशलाई नव–उपनिवेशवादमा हुत्याएका छन् ।
सिङ्गै देशलाई परनिर्भरताको खाल्डोमा हालिसकेपछि जनतालाई भेडाबाख्रा बनाउन उनीहरुलाई कति पनि असजिलो भएको छैन । सरकार सदन, अड्डा–अदालत, सेना, कर्मचारी, पुलिस सबका सब कठ्पुतली भएका छन् । कठ्पुतलीले आफुले कहिल्यै र कहिं पनि नयाँ र जनताको काम गर्नु पर्दो रहेनछ । मालिक वा प्रभुले जसो–जसो भन्यो त्यसै–त्यसै गरि दिएपछि पुगिहाल्दो रहेछ । यति जनता अन्यायका विरुद्ध विद्रोहमा उत्रिहाले भने आफ्नो मात्र तागतले दमन गर्नु पर्ने बाध्यता समेत पर्दो रहेनछ । तुरुन्ताको तुरुन्तै मालिक वा प्रभुले आवश्यक हतियार साधन स्रोत र जनशक्ति पठाइ हाल्दो रहेछ । प्रभु रिझाउन सकेपछि जनतालाई जतिबेला पनि आतंकित पार्दै काबुमा राख्न सकिहालियो । यहि अनुकूलताको फाइदा उठाएर होला आज दलालहरु असाध्यै मख्ख भएर राज्य सत्तालाई घोर भन्दा घोर प्रतिक्रियावादी ढंगले हाँकिरहेका छन् । इतिहासलाई राम्रोसंग विश्लेषण गर्दा के देखिन्छ भने जनताले चाँहि सँधैभरी नै अन्याय, अत्याचार सहेर बस्न भने सक्दैनन । जम्मै जसो इतिहास जनसमुदायले नै निर्माण गर्दै आएका छन् । नेपाल मात्रै त्यसको अपवाद बन्न सक्दैन । हिजो यहाँ लामौ अवधि राजतन्त्रकाल थियो । राजतन्त्रकालमा राज्यसत्ताको नेतृत्व सामन्तवादले गरेको थियो । त्यो कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । त्यो राजतन्त्रकालको खराव अवधिलाई जनताले राम्रोसँग बुझिसके पछि अर्को व्यवस्था गणतन्त्रकाल ल्याएकै हुन । यो गणतन्त्रकालमा पनि जनताको अवस्था उत्तिकै खराब छ । यो व्यवस्थामा पनि जनतालाई दुख दिनका लािग दलाल पुँजीवादी तत्वले नै नेतृत्व गरेको छ । दलाल पुँजीवादले नेतृत्व गरेको यो बुर्जुवा गणतन्त्रकाल पनि अस्थायी कुरा हो । यो बुर्जुवा गणतन्त्रकाल पनि समाप्त भएर जान्छ र जनताको आफ्नो जनगणतन्त्रकाल आउनेछ । तर त्यतिकै गणतन्त्रकाल जनगणतन्त्रकालमा भने बदलिने छैन । यसको लागि जनताले अलिकति असजिलो बाङ्गो टिङ्गो र जटिल बाटो भने रोज्नै पर्छ त्यो बाटो पार गर्नैैपर्छ । त्यो असजिलो, बाँङ्गो टिङ्गो र जटिल बाटो भनेको के होला त ? यो पक्कै सबैको जिज्ञासाको विषय हो । हामीले धेरै नै मेहनत गर्दै, जनतालाई कुरो बुझाउँदै, वलिदानहरुको कोटाहरु एकपछि अर्को गर्दै पूरा गर्दै अगाडि बढ्नुको कुनै विकल्प छैन ।
माथि हामीले चर्चा गरेको अन्तरविरोधको गुजुल्टोको जुन कुरा छ । हा,े त्यो गुजुल्टोलाई हामीले राम्रोसँग केलाउनु पर्दछ । अन्तरविराधै अन्तरविरोधको गुजुल्टोलाई केलाएर छिनाकाँटा लगाउने तरिका हामीलाई माक्र्सवाद–लेनिनवाद–माओवादले राम्रोसँग सिकाएको छ । हाम्रो देश जस्तो पुँजीवादी क्रान्तिसम्म पनि नभएको देशमा अन्तरविरोधको गुजुल्टो कसरी केलाउने ? भन्ने बारेमा मुख्य गरी माओवाद दर्शनले सिकाएको जुक्ति बढी लाभदायक छ । माओवाद दर्शनले के भन्छ भने अन्तरविरोधै अन्तरविरोधको गुजुल्टो भएको देशमा अन्तरविरोध फरक ढंगले हल गर्नुपर्दछ । धेरै अन्तरविरोधको गुजुल्टोभित्र सबै अन्तरविरोध उत्तिकै र समान हँुदैनन् । त्यो गुजुल्टोभित्र एउटा अन्तरविरोध सबै अन्तरविरोध भन्दा फरक हुन्छ । अन्तरविरोधको ऊ मुख्य पक्ष भइरहेको हुन्छ । अरु बाँकी सबै अन्तरविरोधहरु चाँहि त्यही मुख्य पक्षबाट प्रभावित भइरहेका हुन्छन् । यदि अन्तरविरोधको गुजुल्टोभित्र मुख्य पक्ष पत्ता लाग्यो र त्यो हल भयो भने अरु अनगिन्ती अन्तरविरोधहरु आफै हल हुन पुग्दछन् । फेरि समाजमा अर्कै र भिन्दै पहिला कहिल्यै नब्यहोरिएको नयाँ अन्तरविरोधको मुख्य पक्ष बनेर देखा पर्दछ । त्यसलाई पनि त्यहि जुक्तिद्वारा हल गर्दै जानुपर्दछ । कहिले काँही मुख्य अन्तरविरोध हल गर्नु भन्दा अगाडि विशिष्ट अन्तरविरोध देखा पर्दछ र त्यस्ता अन्तरविरोध हल गरेर पनि मुख्य अन्तरविरोध हल गर्नुपर्ने हुन सक्छ । हिजो राजतन्त्रकालमा एक पटक हामीलाई त्यस्तै विशिष्ट अवस्था आइलाग्यो । एकछिन अन्तरविरोध मुख्यपक्षलाई छोडेर हामी राजा र सामन्तवादलाई एकातिर पारी बाँकी सबै संभव भएसम्मका शक्तिहरुलाई (एकहदसम्म दलाल तत्वलाई समेत) परिचालन गरी निरंकूश राजतन्त्रको उदय भएपछिको विशिष्ट अन्तरविरोध (प्रधान अन्तरविरोध होइन)लाई जनयुद्ध र जनआन्दोलन मार्फत् हल गरेका थियौं । त्यो विशेष परिस्थितिमा पैदा भएको विशिष्ट अन्तरविरोध हल गर्न सक्दा राज्यसत्तामा कुनै परिवर्तन नभएता पनि शासन सत्तामा भने परिवर्तन आएको थियो । विशिष्ट अन्तरविरोधको हल हँुदा मात्र पनि राजतन्त्रकालबाट गणतन्त्रकालको उदय हुन पुगेको थियो । राजतन्त्रबाट गणतन्त्रकालमा पुग्नु गुणात्मक परिवर्तन थिएन र होइन पनि । गुणात्मक परिवर्तन हुनका लागि त अनिवार्य रुपमा प्रधान अन्तरविरोधकै हल हुनुपर्दछ न कि विशिष्ट अन्तरविरोधको । यदि नेपालमा मात्रात्मक परिवर्तनका लागू मात्र नभएर गुणात्मक परिवर्तन नै गर्ने हो भने कुन अन्तरविरोध हल गर्ने हो त ? यो बारेमा असाध्यै गहन अध्ययन र छलफलको खाँचो छ । यसका लागि हामीले फेरि पनि अन्तरविरोधको गुजुल्टोभित्र छिरेर प्रधानअन्तरविरोधको मुख्य पक्ष पहिल्याउन सक्नु पर्छ ।
यसरी अन्तरविरोधको गुजुल्टोभित्र छिर्दा हामीले देख्ने प्रधानअन्तरविरोधको मुख्य पक्ष भनेको बुर्जुवा संसदीय गणतन्त्रको संसदीय संविधान र यही व्यवस्थालाई टिकाउन बुर्जुवा संविधानलाई कार्यान्वयन गर्न टुप्पी कसेर भारतीय विस्तारवादी एकाधिकारवादी तत्वहरुको इशारामा कार्यन्वयनमा लागेका दलाल तत्व नै मुख्य पक्ष हो । यसरी मुख्य पक्षमा यो तत्वलाई पहिल्याइसकेपछि यसैलाई खत्तम पार्ने कार्यनीति निर्माणमा हामी सबै जुट्नु पर्दछ । हामीले दलाल तत्वलाई मुख्य तत्व भनेर पहिल्याई सकेपछि पनि त्यसलाई खत्तम भएर जाँदैन र प्रधान अन्तरविरोधको हल पनि कहिल्यै हुन सक्दैन । प्रधान अन्तरविरोधको हल गर्न प्रधान अन्तरविरोधको पनि मुख्य पक्ष दलाल तत्वलाई खतम पार्न हामीले अति उपयुक्त कार्यनीति श्रृंखला समेत ठोस गरी व्यवहारमा जुट्न आवश्यक हुन जान्छ । हामी व्यवहारमा जुटेर सफल भई छाड्ने हाम्रो कार्यनीति के होला त ? यो यस्तो कार्यनीति हुनुपर्दछ । यसमा दलाल तत्वको विरुद्ध जुनशक्ति जहाँसम्म जान सक्छ, त्यो शक्तिलाई बिना हिच्किचाहट त्यो ठाउँसम्म लिएर हिड्न फराकिलो सोचका साथ सिपालु बन्नु पर्दछ ।
हामीलाई लाग्छ दलाल तत्वका विरुद्ध कम्युनिस्ट क्रान्तिकारीहरु, देशभक्त प्रगतिशिलहरु र देशभक्त संघीयतावादीहरु पूरै शक्ति र तागतका साथ लाग्नेछन् । यो तीन शक्तिका सामु दलाल तत्वको केही सीप लाग्ने छैन । अझ अर्को भाषामा भन्दा सम्पूर्ण उत्पीडित वर्ग र समुदायलाई एक नयाँ परिस्थितिमा पु¥याएर र उनीहरुलाई एउटै संयुक्त मोर्चामा आवद्धतता गराई आन्दोलनमा परिचालन गराइएपछि मात्र दलाल तत्वको समाप्ति हुनेछ । यो काम त्यतिकै मुखको भरमा भट्टयाएर मात्र हँुदैन । यसका लागि व्यवहारमा गई धेरै कोशिसहरु पूरा गर्नुपर्दछ । प्रधान अन्तरविरोधको मुख्य पक्ष दलाल तत्वले सिङ्गै राज्यसत्ता हाँक्दै आइरहेको छ । राज्यसत्ता नै भएपछि यो सँग सबथोक छ भनेर बुझ्नु पर्दछ । यो सँग राजनीतिक दलहरु छ, सेना छ, अड्डा अदालत आदि इत्यादि सब कुरा छ ।
भारतीय विस्तारवादी एकाधिकार पुँजीवादको पूरै आड भरोसा समेत छ । त्यसैले दलाल तत्वलाई जरैदेखि समाप्त पार्ने कुरा चनाचुने हुँदै हुँदैन । उसलाई राजनीतिमा परास्त गर्नु पर्दछ, सैन्य क्षमतामा परास्त गर्नुपर्दछ, भारतीय विस्तारवादी एकाधिकार पुँजीवादी आदेशबाट बञ्चित गराउनु पर्दछ । यो कार्य साँच्चै कठिन छ । तर असम्भव छैन । यो कार्य जसरी पनि फत्ते गर्नै पर्दछ । यो काम सम्पन्न गर्न आज नै चाँहि के गर्ने हो त ! आजैबाट शुरु गर्ने काम भनेको यस प्रकार छ ः
१) क्रान्ति हाँक्न सक्षम क्रान्तिकारी पार्टी निर्माण
२) दलाल तत्वको विरुद्ध जान सक्ने संभव भएसम्मका शक्तिहरुसँग विना विना हिच्किचाहट फराकिलो सोचका साथ संयुक्त मोर्चा निर्माणको प्रयास
३) दलाल तत्वको जालझेल, षड्यन्त्र, छलकपटका विरुद्ध जनप्रतिरोध आन्दोलन लागि युवाहरुको जुझारु संगठन निर्माण ।
पार्टी, संयुक्त मोर्चा र जुझारु संगठनको प्रारम्भिक निर्माण भए लगत्तै पार्टी कै नेतृत्वमा यी तिनवटै संगठनका साधनहरुलाई परिचालन गरी वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादको वैचारिक भण्डाफोर गर्दै राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्तिको नारामा गोलबन्द गराउँदै दलाल तत्वलाई छानीछानी जनकार्वाहीका विधि प्रयोग गरी राष्ट्रिय जनप्रतिरोध आन्दोलनको स्वरुपमा विकास गर्नुपर्दछ । जब आन्दोलन स्वरुपले उत्कर्षता हासिल गर्दै अगाडि बढ्छ, त्यसपछि सो आन्दोलनलाई दिर्घकालीन प्रकृतिको संघर्षको रुपमा ग्रहण गर्दै सशस्त्र संघर्षलाई समेत आन्दोलनमा सम्मिलित गराई राष्ट्रिय प्रतिरोध आन्दोलनलाई गुणात्मक रुप दिई राष्ट्रिय प्रतिरोध युद्धमा फड्को मार्नु पर्दछ । यसरी फड्को मारिएको राष्ट्रिय प्रतिरोध युद्धले निरन्तरको प्रत्याक्रमणद्वारा मात्र सशस्त्र विद्रोहात्मकको अन्तिम रुप लिन्छ र प्रधान अन्तरविरोधको फस्र्याैट भई नयाँ जनवादी गणतन्त्र स्थापना हुनेछ ।