अमेरिकाले यसरी ग¥यो पाकिस्तानी प्रधानमन्त्रीको बेइज्जत

अमेरिकाले यसरी ग¥यो पाकिस्तानी प्रधानमन्त्रीको बेइज्जत

एजेन्सी । अमेरिकाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको बेइज्जत गरेको छ । निजी काम विशेषले अमेरिका पुगेका अब्बासीलाई अमेरिका विमानस्थलमा लगाएको कपडा खोलेर नियमित सुरक्षा जाँच गरेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको पाकिस्तानी मिडियाहरुले जनाएका छन् ।

आब्बासी एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ ।

सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ ।

समाचारहरुमा जनाइए अनुसार परिवारको सदस्य विरामी भएपछि अमेरिका गएका अब्बासीले उपराष्ट्रपति माइक पेन्सलाई समेत भेटेका थिए । भेटमा पेन्सले आतंकवादी समूहविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

ट्रम्प प्रशासनले पाकिस्तान सरकारप्रति कडा रबैया अपनाउँदै आएको छ । डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग कटौती गरेको छ ।

आणविक हतियारको ब्यापार गरेको भन्दै अमेरिकाले सोमबार सात पाकिस्तानी कम्पनीमाथि प्रतिवन्ध लगाएको छ ।