नवलपरासी, चैत ९ । नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट दुई जना बालक वेपत्ता भएका छन् । गएको फागुन १५ गतेबाट वेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१३ मैनाघाटका १४ वर्षका तुलविर वयम्बु र टेक बहादुर राना हुन् ।
मैनाघाटमा रहेको सरस्वती माविमा कक्षा ६ मा अध्यनरत दुवै जना एकै साथ वेपत्ता भएका हुन् । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारीका अनुसार बालकहरु अध्यन गरी घर फर्किएका थिए ।
घर नपुगेको भन्ने कुरा आएपछि खोजीकार्य सुरु गरीएको भए पनि अझै सम्म फेला नपरेकाले परिवारले प्रहरी , नागरीकसमाज, संचारकर्मी समक्ष खोजिकार्यमा सहयोगका लागि आग्रह गरेका छन् ।