प्रहरीकै सेटिङमा तस्करी

प्रहरीकै सेटिङमा तस्करी

बर्दिया, चैत १ । जमुनी नाकाबाट जिउँदो कुखुरा भित्र्याउने गिरोह सक्रिय बनेको छ । भारतीय सीमा बलैगाउँबाट बढैयाताल गाउँपालिका हुँदै तस्करले कुखुरा ल्याउने गरेका छन् ।

तस्कर गरेर ल्याइएको कुखुरा नियन्त्रणमा लिन किसानहरुले स्थानीय प्रशासनसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ भएको छैन । स्थानीयका अनुसार ‘प्रहरीकै सेटिङ’ मा कुखुरा ल्याइने गरेको हो । त्यस क्रममा ठूलो परिमाणमा जिपसहित एक जनालाई नियन्त्रणमा लिएर पशु क्वारेनटाइनमा बुझाएका छन् ।

बासगढी नगरपालिका दक्षिण भकारीमा भारतबाट भित्र्याएको ५ हजार १ सय चल्ला स्थानीयले भे१च २२४१ नम्बरको जिपसहित चालकलाई पक्राउ गरेक थिए । जिप चालक बढैयाताल २ सीतापुरका नगेन्द्र सिंहसहित क्वारेन्टाइनमा बुझाइएको हो । ती कुखुरा नष्ट गरे पनि जिप र चालकलाई ३५ हजार जरिमाना लिई छाडिएको छ । क्वारेन्टाइन प्रमुख अजयप्रताप साहले भने ‘धेरै ठाउँबाट दबाब आएपछि चालक र जिपलाई जरिवाना लिएर छाडे ।’