अभ्यास खेलमा आज नेपाल र युएइ भिड्दै

अभ्यास खेलमा आज नेपाल र युएइ भिड्दै

काठमाडौं, १५ फागुन । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा मंगलबार युएईसँग नेपालले प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार सो खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । जिम्बावेमा हुने खेल नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन् ।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ । यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ । दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ ।