ट्याक्टरको ठक्करबाट झापामा एकको मृत्यु एकको अवस्था गम्भीर

ट्याक्टरको ठक्करबाट झापामा एकको मृत्यु एकको अवस्था गम्भीर

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । को ३० प १५७२ नम्बरको मोटरसाइकललाई मे १ त १४०५ नम्बरको ट्याक्टरले ठक्कर दिँंदा मेचीनगर नगरपालिका ४ का २४ वर्षीय कुमार भट्टराईको मृत्यु भएको हो ।

उनीसँगै सवार शिवसताक्षी नगरपालिका ९ धरमपुरका २८ वर्षीय जीवन धिताल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइते धितालको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सोमबार साँझ करिब ६ बजेतिर दुर्घटना भएको बताइएको छ । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।