क्रान्तिकारी ट्रेड युनियन महासंघको ३ नं. प्रदेश स्तरीय कमिटि गठन

क्रान्तिकारी ट्रेड युनियन महासंघको ३ नं. प्रदेश स्तरीय कमिटि गठन

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रदेश स्तरीय एक भेलाले महासंघको ३ नं. प्रदेश स्तरीय कमिटि गठन गरेको छ । बुधबार सम्पन्न उक्त भेलाले अर्जुन लाल श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय प्रदेश कमिटि निर्माण गरेको हो ।

भेलाले उक्त कमिटिको सदस्यहरुमा संयज तामाङ (सिन्धुपाल्चोक), रामशरण के.सी. (दोलखा), कृष्ण मिजार (नुवाकोट), राम कुमार दोङ (भक्तपुर), दिनेश घिमिरे (चितवन), उद्धव गुरुङ (काठमाडौं), जनक चौलागाई (काभ्रे), रोशन कोइराला (मकवानपुर), शेर ब. प्रधान (धादिङ) लगायत रहेका छन् ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का पीबीएम तथा ३ नं. प्रदेश पार्टी सचिव दिनेश शर्मा ‘सागर’, महासंघका संयोजक इश्वर तिमिल्सिना, महासंघका ३ नं. प्रदेश फ््रयाक्सन इन्चार्ज फूर्नाम्गेल मोक्तान र महासंघका कार्यालय सदस्य बद्री चापागाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।