२३ औं जनयुद्ध दिवस र शहीद सप्ताहका सन्दर्भमा

२३ औं जनयुद्ध दिवस र शहीद सप्ताहका सन्दर्भमा

दिनेश शर्मा

१. विषय प्रवेश
नेपाल प्राकृतिक रुपमा सुन्दर मात्र होइन स्रोत र साधनका दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ । जनशक्ति, इमान्दारीता, मेहनत र मनोवलका दृष्टिले समेत अत्यन्तै उच्च रहेको विषय कुनै छिपेको विषय होइन । बरु त्यो इमान्दारीता र उच्च मनोवलका साथ मेहनत केवल अरुका निमित्त खास गरी साम्राज्यवादी, विस्तारवादीहरुका निमित्त खर्चिंदै आउन परेको छ । आफ्नो रगत, पसिना, इमान्दारीता र उच्च मनोवललाई केवल सिमित आय आर्जनका निमित्त आफ्नो जीवनको वलिदान गर्न बाध्य छन् । बरु उनीहरुले पाएको पदवी भनेको लाहुरे र बहादुरको हो ।
स्रोत र साधनका दृष्टिले देश धनी भएर पनि गरिवीको रेखामुनि बाँच्न नेपाली जनता बाध्य छन् । लामो समयसम्म दलाल सामन्ती शासकको हातमा शासन सत्ता कायम हुनु र पछिल्लो समय साम्राज्यवाद मुख्यतः हाम्रो जस्तो देशमा भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप हुनु र राज्यसत्ताको बागडोर तिनै विस्तारवादका दलालहरुको हातमा निहित हुुनुले नेपाली जनतासँगै सिंगो नेपाली राष्ट्र अत्यन्तै कमजोर मात्र होइन आफ्नो अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ ।
यद्यपी यो देशमा दलाल मात्र छैनन् बरु विदेश गएर रगत, पसिना बगाएर बहादुर र कर्मठ व्यक्तिका आफूलाई प्रस्तुत गर्ने मात्र राष्ट्रिय स्वाधीनताको रक्षा, जनजीविका र जनअधिकारका निमित्त बहादुरी लडेर शासकहरुलाई घुँडा टेक्न बाध्य पार्ने वीर योद्धाहरु पनि यो देशले जन्माएको छ । आफ्नो भूमिको रक्षाको खातिर चाहे सीमानामा गएर लड्ने कुरा होस् चाहे सीमा भित्र होस् । सुगौली सन्धी अगाडि भारतको सीमानामा बच्चा पिठ्यूमा बोकेर लडेको इतिहास यतिबेला तिलाठीका जनताले बाँध भत्काउनेदेखि गोविन्द गौतमले छातिमा गोली थाप्ने स्तरसम्म आई पुगेको छ । यो सत्यतालाई सच्चा देशभक्तहरुले आत्मसाथ गर्ने पर्छ । साथै दलाल राज्यसत्ता चाहे त्यो सामन्तवादी होस् चाहे त्यो संसदवादी होस् त्यसका विरुद्ध वीरतापूर्वक लडेको इतिहास पनि अर्को वास्तविकता हो । २००७ सालदेखि ०६२–०६३ सालसम्मका जनसंघर्ष, २०२८ सालको झापा आन्दोलनदेखि दशवर्षे जनयुद्ध मुख्यतः दश वर्षको जनयुद्ध नेपाली क्रान्तिको मुख्य कडी हो । त्याग, वीरता र वलिदानका दृष्टिले नेपालमा मात्र होइन विश्वका उत्पीडित जनताका निमित्त समेत प्रेरणाको विषय हो । वर्ग दुश्मनले अथवा जनविरोधी र देश प्रति कति पनि माया नभएका शासकहरुले देशभक्त, परिवर्तनकारी शक्तिलाई कमजोर बनाउन र अझ उनीहरुको अस्तित्वलाई समाप्त पार्न लाग्नु त स्वाभाविक छँदै छ । किनकी वर्गीय समाजमा हुन्छ नै । तर त्यो भन्दा खतरनाक पक्षत यो हो की कथित कम्युनिस्टको खोल ओढेर वास्तविकतालाई बंग्याउने सुधारवादी, संशोधनवादी तथा अवसरवादी चरित्र बोकेका पार्टी तथा व्यक्तिहरु वास्तवमा अत्यन्तै खतरनाक रुपमा देखापरेका छन् । यसको भण्डाफोर नगरिकन क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिंदैन भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ ।
२. नेपालमा मात्र होइन विश्वका सर्वहारा वर्गलाई प्रेरणा दिन सफल भएको दश वर्षको जनयुद्धले यतिबेला २३ वर्ष पुगेको छ । यस अवधिमा क्रान्तिको नेतृत्व गरेको प्रमुख व्यक्ति मुख्यतः प्रचण्ड र बाबुराम जस्ता व्यक्तिहरु मालेमावादको वैचारिक विचारबाट विचलन बन्न पुगे । जसका कारण उत्कर्षमा पुग्दै गरेको क्रान्ति बीचैमा समाप्त मात्र भएन क्रान्तिमा लागेका नेता, कार्यकर्ताको एउटा ठूलै टीम प्रतिक्रान्तिकारी प्रचण्ड र बाबुरामको पिछलग्गु बन्न पुगे । जनताले जुन आशा र भरोसा गरेर दश वर्षको जनयुद्धका क्रममा सहयोग, समर्थन र सहभागिता जनाउँदै भएका थिए त्यसप्रति निरास बन्न पुगे ।
त्यसका कारण नेपालको सर्वहारा वर्गीय तथा राष्ट्रिय स्वाधिनताको आन्दोलन कमजोर बन्न पुग्यो । यसको मतलब के चाहीँ होइन भने यो अवस्था सँधैभरी रहिरहन्छ । किनकी यो त क्षणिक हो । किनभने प्रतिक्रियावादी वर्गले कहिले पनि राष्ट्रिको हित र सर्वहारावर्गको हितका खातिर काम गरेको उदाहरण आजसम्म छैन र भोली पनि हुँदैन । यो सत्य हो । त्यसकारण शासक र जनताका बिचको अन्तरविरोध बढ्ने नै हो । ठीक यो अवस्थामा सर्वहारा वर्गका सच्चा प्रतिनिधिहरुले धैर्यताकासाथ सचेत रुपमा पहलकदमी लिन आवश्यक छ । निराशा, कुण्ठा, अकर्मण्यता, पलायनता र उदासिनता जस्ता विषयहरुका विरुद्ध सामुहिक वा एकल रुपमा भए पनि संघर्षको आवश्यकता छ । क्रान्ति हारेको वेला, सर्वहारा वर्ग कमजोर भएका वेला हरेक व्यक्तिका बिचमा देखापर्ने यी विषयहरुका विरुद्ध स्वयम् व्यक्तिले समेत आफै विरुद्ध लड्ने हिम्मत गर्न आवश्यक छ । त्यसका लागि मालेमावादका आधारभूत ज्ञान हासिल गर्न पनि त्यतिकै आवश्यक छ । सचेत पहलकदमीको लिएर मात्र क्रान्तिलाई पुनः निरन्तरता दिन सकिन्छ भन्ने बुझाई बनाउन पर्दछ ।
३. महान् जनयुद्धलाई स्थगन गरेर शान्ति प्रक्रियामा आएदेखि यता वास्तवमा हरेक वर्षका जनयुद्ध दिवसमा जीवन्तता थिएन किनकी आन्दोलन एकपछि अर्को कमजोर बन्ने तर मानिसको भिडभाड बढ्ने प्रक्रियाले खासै अर्थ राख्दैन थियो । किनकी धानको भूसको थुप्रोमा वा खरानीको रासले केही हँुदैन । यतिवेला हामीलाई चाहिएको सही कार्यदिशा, इच्छाशक्ति सहितको इमान्दार नेतृत्व र कार्यकर्ताको टीम हो । त्यो कुरा यतिबेला फागुन १ गतेको जनयुद्ध दिवस कार्यक्रम मनाई रहँदा र पार्टी महासचिव क.किरणले आफ्ना धारणाहरु व्यक्त गरी रहँँदा हलमा भएको गुन्जयमान तालीको गड्गडाहटले देखायो वास्तविक क्रान्तिको लागि कार्यकर्ताको उत्साह । यसलाई क्रान्तिकारीहरुले अत्यन्तै गम्भीरतापूर्वक लिन आवश्यक छ । अव यो वा त्यो नाममा आफूले घमण्ड गरेर होइन सर्वहारा वर्गको क्रान्ति पूरा गर्न, राष्ट्रिय स्वाधीनता कायम गर्न, स्वतन्त्र तवरबाट नेपाली जनताले बाँच्न पाउने आधार खडा गर्न सबै क्रान्तिकारी शक्तिहरु एक ढिक्का भएर लड्ने साहस गर्न सक्नु पर्दछ । त्यसमा पनि सही कार्यदिशाका आधारमा ।
केन्द्रीय कार्यक्रमका रुपमा राष्ट्रिय सभामा आयोजना गरिएको संयुक्त कार्यक्रम मात्र होइन विभिन्न जिल्लाहरुमा भएका कार्यक्रमहरु आफ्नै मौलिकतामा भएको पाइयो । त्यसको एउटै विशेषता के रह्यो भने क्रान्ति सम्भव छ हाम्रै पालामा भन्ने रह्यो । पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रीय समितिको बैठकका निर्णयहरु र तीन महिने संगठन तथा जनपरिचालन अभियानले एउटा छुट्टै उत्साह थपिदिएको पाइयो । यो उत्साह क्रान्तिकारी स्प्रिट र सक्रियतालाई आन्दोलनमा बदल्न आवश्यक छ । यसरी हेर्दा अब क्रान्तिकारी कमजोर होइन बरु वैचारिकरुपमा ओरालो लागेकाहरु कमजोर बन्दै जाने प्रक्रियाको शुरुवात भएको संकेत हो । क्रान्तिकारीहरु हावी बन्दै जाने संकेत पनि हो ।
४. २३ औं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसर र अव आउनै लागेको शहीद सप्ताहको समयमा सबै जिल्ला पार्टीहरुले अत्यन्तै मेहनतका साथ शहीद÷वेपत्ता योद्धा परिवार तथा घाइतेहरुसँगको भेटघाट छलफल र सुझावहरुलाई संकलन गर्ने काम गर्न जरुरी छ । किनकी नेपालको आमूल परिवर्तनको आन्दोलनमा आफ्नो जीवनको वलिदान गरेर दुश्मनलाई हाँक दिने नेपालकै प्रथम शहीद कामी बुढा, झापा आन्दोलनका रामनाथ दाहाल लगायतका महान शहीदहरु, दश वर्षको जनयुद्धका क्रममा फागुन १४ गते शहादत प्राप्त गर्न हुने दिलबहादुर रम्तेल लगायत बा¥ह हजारभन्दा बढी महान् शहीद, बेपत्ता बनाइनु भएका तत्कालिन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने लगायत हज्जारौं बेपत्ता योद्धा तथा घाइते योद्धाहरुको त्याग, वीरता र बलिदानको जगमा खडा भएको यो आंशिक परिवर्तनलाई पूर्णतामा पु¥याउन हामी बाँचेकाहरुले त्यसमा पनि क्रान्तिकारीहरुले उहाँका योगदानहरुका उच्च तवरबाट सम्मान गर्न आवश्यक छ ।
संसदवादी, सुधारवादी हावाहुरीका कारण यताकतै लागेका शहीद, बेपत्ता योद्धा परिवारजन तथा घाइते योद्धाहरुलाई मेहनतपूर्वक भेटघाट गर्नुु आवश्यक छ । वहाँहरुसँग छलफल गर्न आवश्यक छ । र भन्न पनि आवश्यक छ किनकि शहीद, बेपत्ता योद्धाहरुको योगदानबाट प्राप्त अधिकार मात्र होइन रगत पसिनासमेत प्रचण्ड र बाुबुरामहरुले बेचेर खाइसके किनकि वहाँहरुले रगत बगाएको बुर्जुवा गणतन्त्रको लागि होइन । यो त जनगणतन्त्रको लागि हो । वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापना गर्नका लागि हो । यो कुरा भेटघाट, छलफल र अन्तक्र्रियाका क्रममा सम्प्रेषण गरौं । शहीद, बेपत्ता योद्धा र घाइते योद्धा भनेको क्रान्तिका गहना हुन । सुधारवाद र संसवादको पछी लागेर वहाँहरुको सम्मान होइन अपमान हुन पुग्दछ भन्ने कुरा हामी क्रान्तिकारीहरुले बुझाउन सक्नु पर्दछ । यही नै यतिबेलाको आवश्यकता हो ।