काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले एक प्रेश वक्तब्य जारी गर्दै नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, पिबिएम पदम राई लगायतका गिरफ्तार नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईको माग गर्नु भएको छ ।
युवा मोर्चाको शान्तिपूर्ण रुपमा आयोजित सम्मेलनमा आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारद्वारा गरिएको प्रहरी हस्तक्षेपलाई फासिवादी हस्तक्षेपको संज्ञा दिंदै क्रान्तिकारी माओवादीले सरकारी दमन तथा गिरफ्तारीको कडा विरोध, निन्दा एवम् भत्र्सना गरेको छ ।
फागुन ७ मा जारी उक्त वक्तब्यमा भनिएको छ “यही २०७४ फागुन ६ गते नेकपाको भातृ संगठन युवा मोर्चाले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल सरकारद्वारा सशस्त्र प्रहरी हस्तक्षेप गरी नेता क. हेमन्त प्रकाश ओली, पद्म राईसहित दर्जनौं युवा कार्यकर्तालाई गिरफ्तार गरिएको छ । युवा मोर्चाको शान्तिपूर्ण रुपमा आयोजित सम्मेलनमा आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारद्वारा गरिएको यस प्रकारको फासिवादी हस्तक्षेप, दमन तथा गिरफ्तारीको हाम्रो पार्टी कडा विरोध, निन्दा एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका क. हेमन्त प्रकाश ओलीसहितका सम्पूर्ण नेता तथा युवा साथीहरुको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।”
