नवलपरासीमा क्रान्तिकारी युवा र विध्यार्थीको भेला सम्पन्न

नवलपरासीमा क्रान्तिकारी युवा र विध्यार्थीको भेला सम्पन्न


नवलपरासी, ५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा तथा बिद्यार्थी संगठनको संयुक्त भेला शनिबार बर्दघाटमा सम्पन्न भएको छ । भेलाले पुर्ण पोखरेलको अध्यक्षतामा १३ सदस्सीय क्रान्तिकारी युवा लीग नवलपरासी जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र न्यौपाने सचिवमा रेशम कार्की सहसचिवमा खेम गुरुङ र कोषाध्यक्षमा पुष्पराज नेपाली चयन हुनुभएको छ भने सदस्यहरुमा खेम पाण्डे, राजु नेपाली राजकुमार नेपाली, फुलमाया नेपाली, सुजन रोकाहालगायत रहनुभएको छ । भेलाले पुर्ण पोखरेल र पुष्पराज नेपालीलाई प्रदेश प्रतिनिधि समेत चयन गरेको थियो ।

त्यस्तै सोही भेलाबाट अखिल क्रान्तिकारी नवलपरासीको संयोजकमा रमेश पाण्डे चयन हुनुभएको छ । १३ सदस्सीय अखिल क्रान्तिकारी नवलपरासीको सदस्यहरुमा सन्तोष तिवारी, रोशन चालिसे, मधु भुसाल, सुशिला तिवारी, अर्जुन भुसाल लगायत चयन हुनुभएको जनाइएको छ ।

त्यस्तै सोही भेलाबाट सुजन रोकाहाको संयोजकत्वमा ११ सदस्सीय क्रान्तिकारी युवा लीग बर्दघाट नगर समिति समेत गठन गरिएको थियो । नगर समिति सदस्यहरुमा किसन कार्की ,सन्तोष नेपाली, दिनेश नेपाली लगायत रहनुभएको जनाइएको छ । युवा बिद्यार्थीको भेलाले संगठन तथा जनपरिचालन अभियानमा जुटने निर्णय समेत गरेको अखिल क्रान्तिकारी नवलपरासीका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो ।

भेला पुर्ण पोखरेलको अध्यक्षता क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य समरको संचालन जिल्ला सेक्रेटरी संकल्पको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्यत्रय न्युक्लियस, चोला र क्रान्ति, देजमो बर्दघाट नगर अध्यक्ष राजु खनाल बिष्णु गैरेलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।