एजेन्सी । टर्कीको अदालतले सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ । पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान, फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुललाई त्यहाँको अदालतले आजीवन काराबासको सजाय सुनाएको हो ।

इस्तानवुल अदालतले सरकार विरोधी गतिविधिमा संलग्न रहेका तथा अमेरिका समर्थित इस्लामिक धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा दोषी पाइएपछि ६ जना पत्रकारलाई सो सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ । अदालतको उक्त निर्णयको संयुक्त राष्ट्रसंघ लगायत, मानवअधिकारवादी समूह, तथा अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर