नेपालको जलविद्युत् क्षमता ८२,९८० मेगाावाट

नेपालको जलविद्युत् क्षमता ८२,९८० मेगाावाट

काठमाडौं । सरकारी अध्ययनका नेपालको जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर नै रहेको देखाएको हो । ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख गरेका थिए । आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो । आयोग सचिवालयका सहसचिव जीवछ मण्डलले परामर्शदाता कम्पनीले प्रतिवेदन पठाएको र यसलाई अन्तिम रूप दिन भने बाँकी रहेको जानकारी दिए । प्रतिवेदनमा सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशी बेसिनमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ३५ मेगावाट रहेको छ ।

प्रतिवेदनअनुसार कोशीमा पानीको जलाधार क्षेत्र (क्याचमेन्ट) ५४ हजार १ सय वर्ग्किलोमिटर छ भने मेचीको ३ सय ८६ वर्गकिलोमिटर मात्र छ । यस्तै, ४६ हजार १ सय ३५ वर्गकलोमिटर जलाधार क्षेत्र रहेको कर्णालीमा २५ हजार ४ सय ६६, ३५ हजार ६ सय ५९ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको गण्डकीमा २४ हजार १ सय ३५ तथा १६ हजार १ सय ५८ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको महाकालीमा २ हजार २ सय २० मेगावाट विद्युत् उत्पादन हुने सक्ने प्रतिवेदनमा उल्लेख छ । ६ हजार ३ सय १२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगटेको राप्तीमा ८ सय ७७ मेगावाट, ३ हजार ३ सय ६९ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको वागमतीमा ५ हजार ८८, ३ हजार २६ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको बबईमा १ सय ९५ र १२ सय ३४ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको कन्काईमा २ सय ६९ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, २१ सय ९३ वर्गकिलोमिटर जलाधार क्षेत्र रहेको कमलामा २ सय ५५, ११ सय ७ वर्ग्किलोमिटर जलाधार क्षेत्र रहेको तिनाउमा १ सय ३५ र १६ सय ४७ वर्गकिलोमिटर जलाधार क्षेत्रमा फैलिएको बर्कैयाको पानीबाट ९४ मेगावाट उत्पादन क्षमता हुनेछ ।