
काठमाडौं । देउवा सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखले आज राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिँदैछन् । शीतलनिवासमा अपरान्ह एक कार्यक्रमकाबीच प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिनेछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको अस्थायी मुकामसंगै सातै प्रदेशका प्रमुख तोकेको थियो । सरकारले प्रदेश नम्बर १ मा डा.गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
यसैबीच, अस्थायी मुकाम पहुँचवालाहरुले आफ्नो स्वार्थ अनुसार तोकिएको भन्दै देशव्यापी रुपमा आन्दोलन चर्केको छ । सरकारले तोकेको सातवटै प्रदेशका मुकामका विरुद्धमा सातवटै प्रदेशमा आन्दोलन भड्किएको छ । आन्दोलन नियन्त्रण बाहिर गइरहेको छ ।





























