सिपा । सिन्धुपाल्चोकको बाह«बिसे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी १० जना घाइते भएका छन् ।
तातोपानीबाट बाह्रबीसेतर्फ आउदै गरेको ना १ च ९९५० नम्बरको जीप अपरान्ह दुर्घटना हुँदा बाह्रबीसे–८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामाङ र वडा नं ९ की १६ बर्षीया समीक्षा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ । घाइतेमध्ये गम्भिर अवस्थाका ३ जनाको काभ्रे तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते ७ जना भने स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् । अनियन्त्रित भई गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।






























