उत्तर कोरियाः मिसाइल कार्यक्रमका दुई ‘कि लिडर’ माथि अमेरिकाको प्रतिबन्ध

उत्तर कोरियाः मिसाइल कार्यक्रमका दुई ‘कि लिडर’ माथि अमेरिकाको प्रतिबन्ध

काठमाडौं, १२ पुस । अमेरिकाले आणविक मिसाइल निर्माणमा उत्तर कोरियाको नेतृत्व गर्दै आएका दुई उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले किम जोङ–सिक र रि प्योङ–कोलमाथि प्रतिबन्ध लगाएको हो । यी दुवैजना उत्तर कोरियाका उच्च अधिकारी रहेको र उनीहरुले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमको नेतृत्व गर्दै आएको अमेरिकाको दाबी छ ।

उनीहरु उत्तर कोरियाको न्युक्लियर मिसाइल कार्यक्रमका ‘कि लिडर’ रहेको अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिए संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गएको शुक्रबार नयाँ प्रतिबन्ध लगाएको थियो । यसलाई उत्तर कोरियाले युद्ध कार्य रहेको प्रतिक्रिया दिइरहेका बेला अमेरिकाले थप दुई अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध अनुसार अमेरिकामा रहेका दुई अधिकारीको सम्पत्ति फ्रिज हुनेछ भने अमेरिकामा हुने कारोबारमा पनि रोक लागेको छ । अमेरिकाले प्रतिबन्ध लगाएका दुई व्यक्तिले मिसाइल परीक्षणका बेला उत्तर कोरियाली नेता किम जोङ–उनसँग तस्बिरमा देखिने गरेका छन् ।