देजमो नेपालद्वारा मान्म घटनाका दोषीमाथि कार्वाहीको माग

देजमो नेपालद्वारा मान्म घटनाका दोषीमाथि कार्वाहीको माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गत शुक्रवार कालिकोटको सदरमुकाम मान्ममा प्रहरीद्वारा गोली प्रहार गरी म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएको घटनाप्रति आफ्नो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाका अध्यक्ष चन्द्रप्रसाद गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘म्यादी प्रहरीको तलबमा अनियमितता भएको भन्ने विषयलाई लिएर भएको झडपमा गरिएको नृशंस सरकारी दमन र हत्याको हाम्रो मोर्चाले घोर भत्र्सना एवम् विरोध गर्दछ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न जोडदार माग गर्दछ ।’
सरकारको दमनकारी चरित्र र फसिष्टीकरणउन्मुख क्रियाकलापतर्फ इगित गर्दै विज्ञप्तिमा अन्तयमा भनिएको छ— ‘त्यसैगरी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै हत्या र दमनमा संलग्न पक्षलाई कडा कारबाही गर्न समेत् माग गर्दछ । साथै, सरकारी दमनको विरोधमा स्थानीय जनताले देखाएको समर्थनलाई मोर्चाले सधन्यवाद समर्थन र सह्राना गर्दछ ।’