कतारका अवैध नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया पुरा गर्न पाउने

कतारका अवैध नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया पुरा गर्न पाउने

काठमाण्डौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा दिने निर्णय गरेको छ ।

पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स र ट्युनिसियाका नागरिकले समेत पाउने भएका छन् ।

सुविधा दिने विषयमा कतारको गृह मन्त्रालय र सिंगापुरको एक निजी कम्पनीबीच सम्झौता भएको समाचारमा उल्लेख छ । सिंगापुरको सो कम्पनीले यी देशबाट अवैध रुपमा कतार बसेकाहरुलाई यो प्रक्रिया पुरा गर्न सघाउनेछ ।