काठमाडौं, ५ मंसिर । काठमाडौंको रत्नपार्कबाट प्रहरीले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार महानगरिय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रत्नपार्कको आकासे पुलमुनीबाट दुई जनालाई तीनकिलो सुन सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ महराजगन्ज घर भइ हाल ढल्कु बस्ने मोहन महर्जन र जडिबुटीका आयुष बज्रचार्य रहेका छन् ।
बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सवार ती युवाहरुको साथबाट तीन किलो सुन भेटेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
पक्राउ परेको सुन कसको हो र कहाँबाट कहाँ लानका लागि ल्याइँएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।