चितवन । माओवादी आन्दोलनका चर्चित जनवादी गायक खुशीराम पाख्रिनको निधन भएको छ । चितवनमा मंगलबार आयोजित प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउने क्रममा एक्कसी बेहोस भएर ढलेका पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शोक सभामा गीत गाउँदा गाउँदै ढलेका गायक पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । गायक पाख्रिनले शोकसभामा गीत गाइसकेपछि उल्टी गरेको र त्यसपछि उहाँको स्वास्थ्यमा एक्कासी समस्या देखिएको उनका भतिज युरिम पाख्रिनले बताए । पाख्रिनको शवलाई विहीबार अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र विहीबारै दाहसंस्कार गरिने माओवादी केन्द्रले जानकारी दिएको छ ।

पाख्रिनका जनवादी गीत, भिडियो, तत्कालीन नेकपा (माओवादी)को चर्चित चुनुवाङ बैठकका बेला बनाइएको अपेरा चर्चित रहेका छन् । ०३७ सालदेखि जनवादी गीत गाउन थालेका पाख्रिनले १० बर्षे सशस्त्र जनयुद्धका क्रममा सैयौ जनवादी गीतहरु गाउनुभएको छ ।

यसैबीच, दिवंगत पाख्रिनप्रति नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघ, सामना साँस्कृतिक परिवार, इच्छुक प्रतिष्ठानलगायत संगठनले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर