काठमाडौं, ५ मंसिर । काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए ।

‘मेरो मोबाइलमा पनि तीन ठाउँमा बम राखिएको एसएमएस आयो । एसएमएस पठाइएको नम्बर प्रहरीलाई दिएर ट्र्याक गर्न लगाइएको छ,’ पन्थीले भने । बमको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका छन् ।

प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।

त्यस्तै बमको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् भने अदालतले सेवामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर