मानिस किन सिर्जनकर्म वा लेखनकर्ममा प्रवृत्त हुन्छ भन्ने प्रश्न जटिल र गम्भीर किसिमको छ । मूलतः सिर्जना भनेको सामाजिक चेतनाको एउटा रुप हो । यसमा मानिसका विशिष्ट चेतनाको अभिव्यक्ति हुन्छ । आफ्नो जीवनमा प्राप्त अनुभव ज्ञान र अनुभूतिलाई अरु मानिससामु सञ्चार र प्रसार गर्नका निम्ति कला वा साहित्यका सहारा लिन्छ । मानिसको वस्तुगत संसारसँग कलात्मक सम्बन्ध रहेको छ र उसले आफ्ना कला चेतनालाई जुन वस्तुगतजगत्बाट ग्रहण गरेको हो– अभिव्यक्तिका माध्यमबाट प्रक्रियाबाट प्राप्त गरेको कलाचेनाबाट मानिस अलग र विछिन्न रहन सक्तैन । सामाजिक जीवनसँगका सम्बन्ध, अन्तरविरोध द्वन्द्व, सन्निकटता र भीषण संघर्षका बीचबाट मानिसले अनुभूतिको रास तयार पार्दछ । सुन्दरको अन्वेषण गर्दछ । आर्थिक, सामाजिक क्रियासँगै सांस्कृतिक क्रियाकलापमा संलग्न हुुन्छ । वस्तुजगत्को यथार्थ र त्यससँगको अन्तरविरोधपूर्ण प्रतिक्रियामा मानिस लाग्छ । एकातिर उसले आफ्ना अनुभव, अनुभूति र विचारहरुलाई शृंखलित र व्यवस्ीिथत रुपमा राख्न चाहन्छ भने अर्काेतिर अनुभव, अनुभूति र विचारमा रहेका भ्रम, अन्यौल, अयथार्थलाई मिल्काउन आपूmभित्र संघर्ष पनि गरिरहेको हुन्छ । बाहिरी संसार र भित्री संसारको संघर्षमै सिर्जनशीलता प्रकट हुन्छ । लेखनकर्म श्रमजन्य उत्पादनजस्तै रचना हो । सौन्दर्यबोधसहितको कर्मप्रति मानिस लाग्ने क्रममै सिर्जनकर्ममा प्रवृत्ति हुन्छ । सर्जक स्वयम्भू वा अवतारी पुरुष होइन । उसको चेतना वस्तुगतजन्य हो र त्यसका माध्यमबाट अर्थात् वस्तुगतजगत्बाट उत्पादित चेतनाकै प्रक्रियामा सिर्जनकर्म घटित हुन्छन् । सबै किसिमका कुरुपता र विषमताका विरुद्ध नयाँ सौन्दर्य चेतनाको उद्घाटन, प्रवद्र्धन र विकासका निम्ति पनि सर्जिक सिर्जनकर्मीतर्पm अग्रसर हुन्छन् र त्यो चेतबोध त्यत्तिकै जन्मिंदैन । सुन्दर र सुन्दरतासम्बन्धी नवीन चेतसँग मानिस गाँसिएको छ र त्यसको निर्माणका निम्ति प्रयत्नशील र संघर्षशील हुँदै आएको छ । सौन्दर्यबोधलाई विकसित गर्नु, उन्नत र उदात्त चेतनाका निम्ति अग्रसर हुनु, सौन्दर्यविरोधी तत्वहरुका विरुद्ध उभिनु, मानवद्वेषी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु, मानिसलाई सबै किसिमका उत्पीडनबाट मुक्त गर्ने युद्धमा सामेल हुनु, सर्वहारावादी मानवता र मूल्यका निम्ति क्रियाशील रहनुमै सिर्जनकर्मतर्पmका सक्रियताका कारक भेटिन्छन् । बर्बरता असभ्यता र विरुपतायुक्त सौन्दर्यबोका विरुद्ध उदात्तता, आदर्शता र सुरुपतायुक्त सौन्दर्यबोधको विकासका निम्ति सृजनात्मक कर्ममा मानिस लागेको छ र निरन्तर लाग्दै आएको छ, सिर्जनात्मक संघर्ष गर्दै आएको छ ।

तसर्थ, सर्जकले सौन्दर्यबोधको परिष्कारका लागि मात्र लेख्दैन, सौन्दर्यबोधको चेतनालाई परिवर्तन वा फेर्नका लागि लेख्छ । संघर्षमा समाहित भएको जनसमूह र सर्जक भिन्नभिन्न पात्र होइनन्– जनसमूहको अनुभूति र सर्जकको अनुभूति एउटै हो वा तिनमा मेल हुनु आवश्यक छ । सामन्तवाद, दलालपुँजीवाद, साम्राज्यवाद तथा विस्तारवादद्वारा सिर्जित शोषण, उत्पीडनयुक्त यथार्थ नष्ट र ध्वंश गरेपछि मात्र सत्ताको स्वरुपमा परिवर्तन आउँछ । साम्राज्यवादद्वारा परिपोषित उत्तरआधुनिकतावाद, नग्नवाद, रुपवाद र हास्यावाद, शून्यवाद आदिका विरुद्धको कलात्मक संघर्षलाई टेवा पुग्ने रचना नै आजका सर्जकका हुन सक्छन् । त्यस्ता रचनाले व्यक्तिमा रहेका समर्थहीनतालाई हटाउनमा सहयोग पु¥याउँछन् । व्यक्तिका सारा ऊर्जा, क्षमता र सामथ्र्यलाई विलोप गरेर समाजसँग त्यसलाई अलग पारेर महान् सौन्दर्यात्मक मूल्यबाट विमुख पारेर मानिसलाई एक्लो, हुतिहाराक, सामथ्र्यहीन बनाउने तत्व र शक्तिका विरुद्धको आजको सिर्जना हुनसक्छ । सिर्जनाका आफ्ना आवयविक विशिष्टताभित्र नै प्रयोजन अन्तरनिहित हुन्छ र प्रयोजनमुखी हुनु भनेकै सृजनाभित्रको विचारधारात्मक तत्व र वर्गीय प्रतिबद्धताको संश्लिष्ट रुप हो । हाम्रो आर्थिक, सामाजिक संरचनालाई विरुप बनाउने कारक तत्वका बारेमा सर्जक स्ष्ट भएपछि मात्र उसको सिर्जनामा भएको प्रयोजन काम्य र सुरुचिपूर्ण हुन्छ । भनुँ, लेखकको दृष्टिकोण र प्रयोजनका बीच पनि द्वन्द्वात्मक सम्बन्ध रहन्छ र त्यसले सर्जकलाई स्पष्ट र वस्तुवादी बनाउनमा मद्दत गर्दछ ।

सर्जिकका अगाडि थुप्रै विषय रहेका छन् र विषयमा विविधता रहेको छ । समकालीन सन्दर्भमा लेखक कस्तो विषयको चयन गर्ने भन्ने प्रश्नमा घोरिन पुग्छ । वैचारिक रुपमा स्पष्टता रह्यो भने विषयको चयनले त्यति ठूलो समस्याको रुप लिंदैन । तत्कालीन परिवेश र तिनमा घटित हुने मानवयि क्रियाकलाप जुन यथार्थजन्य हुन्छ– लाई टेक्ने आधार बनाएर सर्जक अगाडि बढ्न सक्छ । पुराना थोत्रा रुप र सारमा हराउन खोजियो भने त्यसले सार्थक महिमायुक्त र सुन्दर सिर्जना गर्न सक्दैन । उद्देश्यपूर्ण, प्रयोजनमुखी र सार्थक चाहनाजन्य सिर्जनाको मूल्य रहन्छ, त्यसै मूल्य प्राप्तिका निम्ति सर्जक अगाडि बढ्ने क्रममा इतिहासमा विरलै भेटाइने घनीभूत अर्थ बोकेका थुप्रै विषय प्राप्त गर्न सकिन्छ । जीवनका महान् र विशेष अवस्थाबाट सिर्जित असंख्य विषयमा हाम अगाडि उपस्थित छन् । अखबारी जीवन होइन, संघर्षसँग गाँसिएको जीवनको अन्वेषण र त्यसको नवीन बिम्बीकरणको आवश्यकता छ । वर्तमानका सन्दर्भसँग पृथक रहेको वण्र्यविषय पुरानो वा अप्रासंगिक भइसकेको छ र त्यसका ठाउँमा आमूल परिवर्तनका निम्ति भएको जनयुद्ध र त्यससँग गाँसिएको विषयमै वस्तुसघनता र कलाासघनता रहेको छ । वर्गचेतयुक्त सर्जकका निम्ति वर्गवस्तुको फाँट फैलिएको छ र के टिप्ने ? के के सजाउने ? के के पस्कने ? कुराको चुली चुलिएको छ । मानिसका उज्ञाम चाहना, संकल्प, अठोट, उत्साह, साहस, भय, वीरताका आँधीबेहरीलाई सिर्जनाभित्र भिœयाउने काम गर्नु त छँदैछ, त्यसका सािथै त्यसप्रति प्रतिबद्ध र इमान्दार हुनु पनि जरुरी छ । मानिसका काम्य अकाम्यमै त सत्यता अभिव्यञ्जित हुन्छ र यथार्थ रागात्मक रुपमा प्रकट हुन्छ । रुपान्तरण अवश्यंभावी छ र त्यसलाई सिर्जनामा भन्नु जरुरी छ । रुपान्तरणका निम्ति भएका विगतका जनयुद्ध, जनसंघर्ष र आन्दोलनमै सर्जकको सिर्जनकर्मले बाटो बनाउँछ र गन्तव्यसम्म पुगछ । जनयुद्ध, जनसंघर्ष र जनआन्दोलन नै त हुन जीवनका रुपान्तरणकारी महत्तम घटना, ती नेपाली जीवनका यथार्थ घटनाका प्रतिफल हुन्, नेपाली जीवन तिनमै बढी आकर्षक, मोहक र काम्य रुपमा व्यक्त हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर