काठमाडौं । तीनपटकसम्म नेपालको प्रधानमन्त्री भइसकेका कीर्तिनिधि विष्टको ९० वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार विहान घरमै निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै नवासमा निधन भएको हो । विष्ट वि.सं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । विसं १९८३ माघमा जन्मिएका विष्ट राष्ट्रवादी नेताका रुपमा चिनिन्थे ।































