काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका केन्द्रीय सदस्य भक्तराज थापा र पूर्व केन्द्रीय सदस्य शिवराम यादवलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टी सदस्यताबाट समेत निष्काशन गरेको छ । उनीहरुले अवसरवादी तत्वहरुसित मिली पार्टीविरोधी तथा गुटबन्दीजन्य गतिविधि गरेको आरोप लगाइएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार एक प्रेस वक्तव्य जारी उनीहरुलाई पार्टीबाट निष्काशन गरिएको व्यवहोरा सार्वजनिक गर्नुभएको हो । थापा र यादव बिहीबारै माओवादी केन्द्रमा पलायन भएका छन् ।
माओवादी केन्द्रलाई क्रान्तिकारी माओवादीले दक्षिणपन्थी नवसंशोधनवाद, अवसरवाद हुँदै प्रतिक्रियावादमा पतन हुन पुगेको समूहको रुपमा परिभाषित गरेको छ ।






























