अत्याधिक चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

अत्याधिक चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

मनाङ, २३ कात्तिक । उच्च हिमाली क्षेत्रमा अत्याधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् ।

हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले बताउनु भयो ।

चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको अर्का शिक्षक टीककुमारी विकले बताउनु भयो ।