काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बिहीबार एक प्रेस वक्तव्य जारी गरी मोर्चाका केन्द्रीय सदस्यद्वय भक्तराज थापा र शिवराम यादवलाई मोर्चाबाट निष्कासन गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी थापा र यादव गम्भीर प्रकारको संगठनविरोधी अनैतिक गतिविधिमा संलग्न भएको पुष्टि भएको हुनाले उनीहरुलाई मोर्चाको केन्द्रीय समिति, अन्य तहका समिति र साधारण सदस्यबाट समेत निष्काशन गरिएको व्यहोरा सार्वजनिक गरिएको छ । वक्तव्यमा भक्तराज थापा संगठनको तर्फबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार समेत रहेकाले उक्त उम्मेदवारीबाट समेत हटाउने निर्णय गरिएको उल्लेख छ ।
यसका साथै वक्तव्यमा रामेछाप जिल्लाबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश सभा ख) को प्रत्यक्ष उम्मेदवार भएका पदमबहादुर थापामगर पनि संगठनविरोधी अनैतिक क्रियाकलापमा संलग्न भएकोले उनलाई पनि संगठनको साधारण सदस्यबाट निस्कासन गर्नुका साथै निजको उम्मेदवारी समेत खारेज गरिएको छ ।
मोर्चाले रामेछाप जिल्लाबाट प्रदेशसभा ख) बाट प्रत्यक्ष उम्मेदवारी दिनु भै भ¥याङ चुनाव चिन्ह प्राप्त गर्नुभएका स्वतन्त्र उम्मेदवार जितबहादुर दाहालको उम्मेदवारीलाई समर्थन गरी प्रत्यक्षमा भ¥याङ चुनाव चिन्हमा मत दिई दाहाललाई अत्याधिक मतले विजयी गराउन रामेछाप जिल्ला प्रदेशसभा ख) अन्तर्गतका सदस्य र आम जनतालाई समेत आव्हान गरेको छ ।