काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौँ–६ नम्बर निर्वाचन क्षेत्रस्तरीय बिशेष बैठक गोंगबुमा सम्पन्न भएको छ । बैठकले ३ नं. प्रदेशका पार्टी सदस्य बद्री चापागाइँको संयोजकत्वमा ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
पार्टी केन्द्रीय सल्लाहकार हजार सिंह लामाको बिशेष उपस्थिति र मोर्चाका केन्द्रीय सदस्य तथा सो क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र छन्त्यालको अध्यक्षतामा सम्पन्न उक्त बैठकले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्बन्धी अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ ।
प्राप्त जानकारी अनुसार सल्लाहकार हजार सिंह लामाको संयोजकत्वमा १५ सदस्यीय आर्थिक उप–समिति तथा युवा लिग काठमाडौँका सदस्य यमन कार्कीको संयोजकत्वमा ३७ सदस्यीय युवा परिचालन कमिटि गठन समेत गठन गरेको छ ।
साथै बैठकले निर्वाचन अभियानमा भेटघाट, घरदैलो गर्दै ६ नम्बर निर्वाचन क्षेत्रका ४० स्थानमा कोणसभा गर्ने तथा उक्त अभियानमा भण्डाफोर र संगठन विस्तारलाई मुख्य जोड दिने निर्णय गरेकोछ । बैठकमा ६ नम्वर निर्वाचन क्षेत्रका प्रतिनिधि तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवारहरु्, पार्टी ३ नम्मर प्रदेश कमिटिका सदस्य कपिल पुन, स्थानीय पार्टी तथा देजमोका जिल्ला तथा एरिया सदस्यहरु, पार्टी समर्थक, सुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।