सिन्धुलीमा भएको बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु

सिन्धुलीमा भएको बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु

कार्तिक २०, २०७४ । सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
बा ७ च ३६९५ बोलेरो जीप मध्यपहाडी लोकमार्गबाट ग्रामीण सडक हुदै गन्तव्यतर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको थियो ।
जिपमा सवार सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ भने सोही ठाउँका चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उकालोमा मोड नपुगेर व्याक गर्दा ब्रेकफेल भई जिप सडकबाट तल खसेको थियो ।