भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

साउदीका युवराज मोहम्मद बिन सालेम ।

एजेन्सी । भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको साउदीको नयाँ संरचनाले त्यहाँका ११ राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको त्यहाँको मिडियाले बताएको छ ।

साउदीका युवराज मोहम्मद बिन सालेमको अध्यक्षतामा भ्रष्टाचारको अनुशन्धान गर्न राजदरबारले नयाँ कमिटी बनाएको केही घन्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

पक्राउ गरिएका विरुद्ध के चार्ज लगाइएको छ भन्ने पनि खुलाइएको छैन । यस्तै साउदीका राष्ट्रिय सेना तथा जलसेनाका प्रमुखहरुलाई पनि परिवर्तन गरिएको छ ।

यो सबै प्रक्रियालाई साउदी युवराजले विस्तारै शक्ति आफ्नो पक्षमा पर्न खोजिरहेको भनेर पनि विश्लेषण गर्न थालिएको छ ।