काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट २, ४, ६ र ७ नं. प्रदेशमा जिल्लाका चर्चित अनुहारहरुलाई उम्मेदवारको रुपमा उठाएको छ । मोर्चाले क्रान्तिकारी माओवादीका प्रभावशाली युवा नेताहरुलाई समेत उम्मेदवार बनाएको छ । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले ६ नं. प्रदेशको दैलेख–२ बाट पार्टीका केन्द्रीय सदस्य कृष्ण गुरुङलाई उम्मेदवार बनाएको छ भने अर्का केन्द्रीय सदस्य दिपक शाहीलाई दैलेख २ कै ख)बाट प्रदेशसभा तर्फ उम्मेदवार बनाएको छ ।

उता ७ नं. प्रदेशको अछाम–१ बाट जिल्लाका चर्चित युवा नेता शिवसुन्दर शाही उम्मेदवार बनेका छन् भने यता २ नं. प्रदेशको सिरहा–२ बाट पार्टीका केन्द्रीय सदस्य समेत रहेका जितेन्द्र कुमार सिंहले उम्मदेवारी दिएका छन् भने सर्लाही–३ बाट जिल्लाका प्रभावशाली नेता विदुरप्रसाद खरेल उम्मेदवार बनेका छन् । सिंह र खरेल मोर्चाका केन्द्रीय सचिवालय सदस्य समेत हुन् । त्यसैगरी २ नं. प्रदेशकै महोत्तरी–४ बाट पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता विरेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन् ।

यता ४ नं. प्रदेशको नवलपुर–२ मा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

हेर्नुस् २, ४, ६ र ७ प्रदेशमा देजमोको तर्फबाट बनेका उम्मेदवारहरुको सूची :

प्रदेश नंं. ६ बाट बनेका देजमोका उम्मेदवार

सुर्खेत–२ बाट प्रतिनिधिसभाका लागि खडानन्द लामिछाने
ख) मा गणेश बहादुर शाही
दैलेख–२ बाट कृष्ण गुरुङ
क) अमरबहादुर शाही
ख) दिपक शाही
दैलेख–१ बाट बमबहादुर शाही
क) जय गन्धर्व
ख) कर्णबहादुर शाही

७ नं. प्रदेशबाट बनेका देजमोका उम्मेदवार

कैलाली– १ मा मायाराम आचार्य
क) देवीराम कोइराला
ख) विनय चौधरी
कैलाली–४ मा टंकप्रसाद कोइराला
क) भगवती सिंह
ख) लोकबहादुर विक
कैलाली– ५ मा विन्तिराम चौधरी
कंचनपुर– १ को ख) मा सन्देश पाण्डे
कंचनपुर– २ मा चन्द्रलाल चौधरी
ख) मा रामबहादुर महरा
अछाम– १ मा शिवसुन्दर शाही
क) मा कृष्णबहादुर खत्री

प्रदेश नं. ४ बाट बनेका देजमोका उम्मेदवार

नवलपुर–१ मा पिताम्बर तिवारी
ख) मणि न्यौपाने
नवलपुर–२ मा नारायण पंगेनी
ख) मा श्यामबहादुर कुमाल
कास्की–१ मा टेकबहादुर गुरुङ
क) मा श्रीधन राई
ख) मा प्रेमराज मश्राङी
कास्की–२ मा कर्णबहादुर पुन
कास्की–३ मा भोजराज त्रिपाठी
तनहुँ–१ मा सुन्दरलाल श्रेष्ठ
तनहुँ–२ मा बाबुराम सुवेदी
पर्वत–१ मा कुस्नाखर भुसाल
क) महान गुरुङ
ख) जितबहादुर सार्की

२ नं. प्रदेशबाट बनेका देजमोका उम्मेदवार

सप्तरी–४ मा सुर्यनारायण चौधरी
क) अजिता विश्वकर्मा
सिरहा–१ मा सुरेन्द्र प्रसाद साह
क) विजय गुप्ता
सिरहा–२ जितेन्द्रकुमार सिंह
सिरहा–४ मा रामदेव कारत
महोत्तरी– ३ मा मोहन मण्डल
क) ज्ञानमाला महतो
क) देवेन्द्र कापर
महोत्तरी–४ विरेन्द्र कुमार यादव
क) परमेश्वर यादव
ख) रीतादेवी झा
सर्लाही–१ बाट धर्मराज दाहाल
क) धनवीर घिसिङ
सर्लाही–२ मा सुरेश साह
क) पवनदेवी यादव
ख) कमलेश राउत
सर्लाही–३ मा विदुर प्रसाद खरेल
रौतहट– १ को ख)मा रामइश्वर नायक
रौतहट–४ मा शिवशंकर पाण्डे
क) राजिन्दर राम
ख) प्रलाद साह
बारा–१ मा रामअयोद्या कलवार
बारा– ४ को क) देवानन्द चौधरी
ख) शैलेन्द्र कुमार कलवार

प्रतिक्रिया

सम्बन्धित खवर