काठमाडौं । जसरी पनि चुनाव जितेर प्रतिक्रियावादी संसदीय व्यवस्थामा आधारित सत्तामा जानेभन्दा पनि यो व्यवस्था, सत्ता र संविधानको जनविरोधी चरित्रको जनतामा भण्डाफोर गर्ने, संसदवादीहरुले थ्रेसहोल्डलगायतका दुई वा तीनदलीय निरंकुशता लाद्ने गरी ल्याइएको निर्वाचन कानून, संसदवादी पार्टी तथा सरकारले गरेको भ्रष्टाचार, जनविरोधी तथा राष्ट्रविरोधी क्रियाकलापको भण्डाफोर गर्ने र जनताबीचमा क्रान्तिकारी शक्तिको बारेमा परेको तथा पारिएको भ्रम चिर्ने उद्देश्य राखेर निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले देशैभरि आफ्नो उम्मेदवारी दिएको छ ।

प्राप्त समाचार अनुसार कम्युनिष्ट आन्दोलनको गौरवशाली इतिहास बोकेका ५ नं. प्रदेशका जिल्लाहरुबाट देजमोका चर्चित तथा जुझारु युवा नेताहरुले उम्मेदवारी दर्ता गराउनु भएको छ । देजमोको ५ नं. प्रदेश कार्यालयले दिएको जानकारी अनुसार प्युठान–१ बाट देजमोका कार्यालय सदस्य तथा ५ नं. प्रदेशका संयोजक के.वी. गुरुङले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । त्यसैगरी उक्त निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ क) मा नेता धनेश्वर पोखरेल र ख) मा नेता धर्मराज पण्डितको उम्मेदवारी परेको छ ।
यता दाङ– ३ बाट प्रतिनिधिसभाको लागि चर्चित पत्रकार, साहित्यकार तथा लेखक समेतको परिचय बनाउनु भएका युवा नेता हिरामणी दुःखीले उम्मेदवारी दिनुभएको छ भने दाङको २ नं. निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ ख) मा रामजी थारु र निर्वाचन क्षेत्र नं. १ को ख) मा नरेन्द्र बन्जाडेले उम्मेवादी मनोनयन गराउनु भएको छ ।
उता बर्दिया–१ बाट प्रतिनिधिसभाका लागि पत्रकार लोकराज जैसीको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं. २ बाट खड्ग बहादुर मल्लले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. २ को क) मा सोनीका मल्लको उठ्नु भएको छ ।

त्यसैगरी, बाँकेमा प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नं. १ बाट ऋषि राम थारूको उम्मेदवारी परेको छ भने प्रदेशसभा सदस्यतर्फ १ को क) मा ननकु गोडिया र ख) मा प्रेमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।

बाँके–२ बाट प्रतिनिधिसभाका लागि मदन सिंह अधिकारीले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा सदस्यतर्फ क) मा ठाकुर प्रसाद काफ्ले र ख) मा दिनेश कुमार श्रीवास्तवको उम्मेदवारी परेको छ । त्यसैगरी बाँके–३ बाट प्रतिनिधिसभाका लागि मुकुन्द सिंह वलीले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा सदस्यतर्फ क) मा हरिराम थारू र ख) मा बोदे बुढा उम्मेदवार बन्नुभएको छ ।

यता कपिलवस्तु– १ बाट जिल्लाका चर्चित जुझारु युवा नेता निरज कुमार केसीले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ भने प्रदेशसभातर्फ क) मा कमल उप्रेती, प्रतिनिधिसभा क्षेत्र नं. २ मा शिव मंगल चौधरी, प्रदेशसभा सदस्यतर्फ क) मा बिल बहादुर चुदारा, प्रतिनिधिसभा क्षेत्र नं. ३ मा अब्दुल सलाम, प्रदेशसभा सदस्यतर्फ क) मा ज्ञानीराम पुरी र ख) मा मिठाइ लाल चौहानको उम्मेदवारी परेको छ ।

यता रुपन्देही– १ बाट प्रतिनिधिसभाका लागि मुजिफ अली, प्रदेशसभा सदस्यतर्फ क) मा शंकर के सीको उम्मेदवारी छ भने प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ बाट दल बहादुर छन्त्याल, प्रदेशसभा सदस्यतर्फ क) मा रामप्रसाद पोख्रेल, ख) मा खुमानन्द भुसालको उमेदवारी परेको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. ३मा खेमराज मरासिनी, प्रदेशसभा सदस्यतर्फ क) मा वृज यादव उमेदवार बन्नुभएको छ । रुपन्देही कै ४ मा प्रतिनिधिसभाका लागि हसन मुसलमान, ५ मा केजी कुमार पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ भने ५ को क) मा गिर बहादुर थापा र ख) मा हकिउल्ला खाँको प्रदेशसभातर्फ उम्मेदवारी परेको छ ।

त्यसैगरी नवलपरासीको १ बाट प्रतिनिधिसभाका लागि रामचन्द्र पोख्रेल, प्रदेशसभा सदस्यका लागि क) मा सुर्य प्रसाद सापकोटा र ख) मा गुणनिधि उपाध्ययले उम्मेदवारी दर्ता गराउनु भएको छ भने प्रतिनिधिसभाका लागि २ बाट प्रेमलाल रिमालको उम्मेदवारी परेको छ ।

यता पाल्पा– १ मा प्रतिनिधिसभाका लागि मानध्वोज श्रेष्ठ र २ मा टेकबहादुर बि क.ले उम्मेदवारी दिनुभएको छ । उता गुल्मीमा भने जिल्लाका जझारु युवा नेता केशव अधिकारीले जिल्लाको १ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर