यस्ता छन् देजमोले १ नं. प्रदेशबाट दोस्रो चरणमा उठाएका उम्मेदवारहरु (सूचिसहित)

यस्ता छन् देजमोले १ नं. प्रदेशबाट दोस्रो चरणमा उठाएका उम्मेदवारहरु (सूचिसहित)

काठमाडौं । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले दोस्रो चरणमा हुने निर्वाचनका लागि अन्य प्रदेशमा जस्तै १ नं. प्रदेशका पनि अधिकांश जिल्लामा आफ्नो उम्मेदवारी दिएको छ ।

मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार तेह«थुम जिल्लामा प्रतिनिधिसभाका लागि क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका नेता केवी फुदोङले उम्मेदवारी दिनुभएको छ भने मोरङको ३ नं. निर्वाचन क्षेत्रबाट जिल्लाका चर्चित युवा नेता सिताराम बुढाथोकीले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । त्यसैगरी उदयपुरको १ नं. निर्वाचन क्षेत्रबाट दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका अमर परियारले उम्मेदवारी दिनुभएको छ भने झापाबाट देजमोको केन्द्रीय सदस्य समेत रहनु भएका नेता होमचन्द्र घिमिरेले उम्मदेवारी दर्ता गराउनु भएको छ ।

यस्तो छ १ नं. प्रदेशका जिल्लाहरुमा देजमोको उम्मेदवारी :

तेह«थुमबाट प्रतिनिधिसभाका लागि के.वी. फुदोङ
उदयपुर– प्रतिनिधिसभा– अमर परियार
प्रदेशसभा ख) शंकर कोइराला
सुनसरी– १ मा प्रतिनिधिसभा– टिका राई
सुनसरी–४– बिर्सुलाल उराउ
मोरङ– १ को प्रदेशसभा क) नरसिंह धिमाल
मोरङ– २ मा होम अधिकारी
प्रदेश सभा क) दुर्गानन्द मण्डल
ख) अशोक लिम्बू
मोरङ– ३ मा सिताराम बुढाथोकी
प्रदेशसभा क) सन्तोष गुरुङ
ख) हिमप्रसाद मिश्र
मोरङ– ४ मा कृष्णकुमार मुडियारी
प्रदेशसभा क) हिरत लाल चौधरी
ख¬) प्रवेश पाण्डे
मोरङ– ५ मा डा. अमोद तामाङ
मोरङ– ६ मा मोहम्मद वेचन मिया
झापा– २ मा होमचन्द्र घिमिरे
प्रदेशसभा क) हरि दाहाल
झापा– ३ को प्रदेशसभा क) भक्त विश्वकर्मा
झापा– ४ मा हरिभक्त संग्रौला
प्रदेशसभा क) हरि गौतम
झापा– ५ मा बासु दुलाल
प्रदेशसभा क) मा जीवन राई
इलाम– २ मा टंकमणि राई
प्रदेशसभा ख) मा दिपक गौतम
इलाम – १ को प्रदेशसभा ख) मा विष्णु नेम्वाङ