३ नं. प्रदेशमा देजमोले दोस्रो चरणमा उठायो यस्ता उम्मेदवारहरु (सूचिसहित) 

३ नं. प्रदेशमा देजमोले दोस्रो चरणमा उठायो यस्ता उम्मेदवारहरु (सूचिसहित) 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ३ नं. प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका अधिकांश ठाउँमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरु उठाएको छ । 

निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोको ३ नं. प्रदेश कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको १० नंं. निर्वाचन क्षेत्रमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका युवा नेता सुरेश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । काठमाडौंको १० नं. निर्वाचन क्षेत्र ऐतिहाकिस थलो कीर्तिपुर नगरी परेको हुनाले देजमोले यो क्षेत्रलाई विशेष रुपमा हेरेको बुझिएको छ ।

काठमाडौंकै ६ नं. निर्वाचन क्षेत्रमा देजमोका केन्द्रीय सदस्य तथा पार्टीका केन्द्रीय सल्लाहकार समेत रहेका नेता खगेन्द्र छन्त्याललाई अगाडि सारिएको छ भने उता सिन्धुली–१ नं. निर्वाचन क्षेत्रको ख) बाट प्रदेशसभाका लागि पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्लाका पार्टी इन्चार्ज समेत रहेका शान्तिमान कार्कीको उम्मेदवारी परेको छ । उहाँ जिल्लाका चर्चित नेता हुनुहुन्छ ।

यता मकवानपुरको १ नं. निर्वाचन क्षेत्रबाट पार्टीका केन्द्रीय सदस्य समेत रहेका वीरबहादुर घिसिङले प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएको छ भने चितवनको २ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि जिल्लाका प्रभावशाली युवा नेता जिवेन्द्र चापागाइँले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ देजमोको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

त्यसैगरी, ललितपुरको १ नं. निर्वाचन क्षेत्रबाट देजमोको केन्द्रीय सदस्य समेत रहेका युवा नेता श्याम केसीले उम्मेदवारी दिनुभएको छ । उल्लेखित जिल्लाका अधिकांश ठाउँमा देजमोले युवा उम्मेदवार उठाएको छ ।

हेर्नुस् सूचि ३ नं. प्रदेशमा कहाँ कसलाई कुन सभामा उठायो देजमोले दोस्रो चरणमो निर्वाचनमा : 

काठमाडौं– १ मा कृष्णभक्त मानन्धर   

क) अजय बज्राचार्य

ख) लेखबहादुर श्रेष्ठ

काठमाडौं– २ मा धनबहादुर पन्त

काठमाडौं– ३ मा ज्ञानु खतिवडा   

क) शेखरनाथ आचार्य  

ख) गोविन्द प्रसाद गौतम

काठमाडौं– ५ मा भरत बुर्जा मगर  

क) ज्ञानेन्द्र प्रजापति         

ख) रामशरण गिरी 

काठमाडौं– ६ मा खगेन्द्र छन्त्याल  

क) भागवत नरसिंह प्रधान

काठमाडौं– ७ बन्धुदेव पाण्डे  

क) सान्जे गुरुङ   ख) शिलु न्यौपाने

काठमाडौं– ८ मा किरण शाही  

क) नमस्ते सायमी  

ख) मा केशव प्रसाद र्गौतम

काठमाडौं– ९ मा शान्ता पण्डित  

क) प्रवीण देउला  

ख) विष्णु कार्की 

काठमाडौं– १० मा सुरेश श्रेष्ठ  

क) रत्नबहादुर महर्जन  

ख) सुरेश तामाङ

ललितपुर- १ मा श्याम केसी  

क) रोमश श्रेष्ठ  

ख) जगदिश्वर महर्जन

ललितपर– २ को क) मा मैते तामाङ

भक्तपुर– १ मा कृष्णप्रसाद घेमसु

ख) राजु लोहला
भक्तपुर– २ को ख) मा राजिव बोहोरा

मकवानपुर– १ मा दीलबहादुर घिसिङ

क) मा मानबहादुर स्याङतान

ख) मनकुमार न्यौपान

मकवानपुर– २ मा सागर उप्रेती 

क) असलाल स्याङतान

ख) मा क्षेत्रबहादुर थिङ

सिन्धुली– १ मा लोकेन्द्रबहादुर कार्की

क) चन्द्रप्रसाद मगर

ख) शान्तिमान कार्की

सिन्धुली– २ मा मा थलप्रसाद देवकोटा

क) हरिबहादुर बस्नेत

ख) पूर्णाकुमारी देवकोटा

काभ्रे– १ मा खेजराज न्यौपाने

क) एकिना थिङ

ख) शोभा विक

काभ्रे– २ मा सौरभराज कायस्त

क) केशव प्रसाद ओझा

चितवन– १ मा घननाथ सापकोटा

क) प्रकाशवावु खनाल

ख) मोदनाथ मरहठ्ठा

चितवन– २ मा जिवेन्द्र चापागाइँ 

क) विष्णु रिजाल

ख) खड्ग कुँवर

चितवन– ३ मा टंकनाथ रेग्मी

क) बाबुराम परियार

ख) देवीलाल पौडेल