एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन् ।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै अमेरिका प्रवेश गर्नका लागि आवेदकको शैक्षिक योग्यता तथा कार्यक्षमताको मूल्यांकनका आधारमा मात्रै अनुमति दिइने नयाँ प्रणाली ल्याइने बताए ।

डिभी प्रणालीबाट हरेक वर्ष करिब ५० हजार आप्रवासीहरूलाई अमेरिकामा स्थाई बसोबासका लागि अनुमति दिइने गरिएकोमा राष्ट्रपति ट्रम्पले उक्त प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन् ।

डिभी प्रणाली मार्फत् नै अमेरिका प्रवेश गरेका व्यक्तिले गत मंगलबार न्युयोर्कमा आतंकवादी हमला गराएको खुलासा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर