काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकसाथ बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार पट्रोल प्रति प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको भन्दै निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको निगम स्रोतले जनाएको छ ।