राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलले दिए राजीनामा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलले दिए राजीनामा

काठमाडौं, ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे । पोखरेलले भने, ‘आवश्यक नीतिहरु सबै बने । पुनर्निर्माणको काम ट्राकमा आयो । अब समन्वय गर्ने व्यक्ति र सरकारले बजेट उपलब्ध गराए पुग्छ ।’

पोखरेल प्राधिकरण गठन लगतै योजना आयोगको उपाध्यक्षसँगै पुनर्निर्माणको सीईओ पनि थिए । तर, एमाले सरकारले उनलाई निरन्तरता दिन चाहेन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई सीईओ बनायो । उनले काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि पोखरेललाई नयाँ सीईओ बनायो ।

पोखरेल अहिले प्युठानबाट चुनाव लड्ने तयारीमा छन् । दशैंको बेला चुनावी गतिविधिमा संलग्न भएको पाएपछि निर्वाचन आयोगले सीईओ पोखरेललाई २४ घन्टाभित्र जिल्ला छाड्न भनेको थियो ।