काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य नोखिराम वि.क.को असमायिक निधन भएको भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आइतबार जारी शोक वक्तव्यमा भनिएको छ, “आज २०७४ कार्तिक ५ गते दाङ्ग तुलसीपुर निवासी ५६ वर्षका हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य क. नोखिराम वि.क.को असामयिक निधन भयो । वहाँको निधनबाट हामी निकै दुःखित भएका छौं । वहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिक निर्वाह गर्दै आउनुभएको थियो । वहाँको निधनबाट पार्टीलाई ठूलो क्षति हुन गएको छ । वहाँका १ छोरी २ छोरा र २ श्रीमती हुनुहुन्छ । यस दुःखद घडीमा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य क. नोखिराम वि.क.प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, पार्टी वहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”