कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–८ चोरमारामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बा १५ च ९६५६ नम्बरको कार चोरमारा–अरुणखोला बिच जंगलमा अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोती–२ का ४१ वर्षीय तुलसी पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा कावासोतीकै ३५ वर्षका सन्तोष सुवेदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सुवेदीकोे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोे छ ।