काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरेको छ ।

हार्दिक शुभकामना !

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।

विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएको भन्दै खड्कालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको थियो ।

बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे छलफल भएको थियो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहन बस्नेतले भने ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’

खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले भने, ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर