परासी । नेकपा (क्रान्तिकारी माओवादी) परासी जिल्ला संगठन समितिको भेला तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन कार्यक्रम असोज ६ गते बर्दघाटमा हुने भएको छ ।
प्रदेश नम्बर ५ अन्तरगत परासी जिल्ला संगठन समितिको आयोजनामा हुने सो भेलाले राष्ट्रिय सम्मेलनका लागि वैचारिक बहसका साथै प्रतिनिधि समेत चयन गर्ने जिल्ला सेक्रेटरी संकल्पले जानकारी दिए ।
पार्टीको ६ गतेको भेलाबाट बैचारिक बहसलाई अगाडि बढाउदै परासी जिल्ला संगठनलाई नयाँ रुपमा विकास गर्ने क्रान्तिकारी माओवादीका नेताहरुले दावी गरेका छन् ।
उनीहरुका अनुसार पार्टीलाई चुस्तदु्रुस्त बनाउदै क्रान्तिकारी धारको रक्षा गर्नका लागि पार्टीका भेला सम्मेलनलाई गोप्य राख्ने नीति समेत लिइएको सो पार्टीका नेता चोलाले जानकारी दिए ।
देशभक्त जनगणतान्त्रिक मोर्चा तथा जनवर्गाीय मोर्चा संगठनलाई खुल्ला र पार्टीलाई भूमिगत राख्ने केन्द्रीय निति अनुसार आफूहरु संगठन विस्तारमा लागेको क्रान्तिकारी माओवादी परासीले जनाएको छ ।
भेलामा बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउपालिका, प्रतापपुर गाउपालिका, सुस्ता गाउपालिका र पाल्हिनन्दन गाउपालिका गरी स्थानीयतहबाट ५० प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै जनवर्गीय मोर्चा संगठनबाट २० जना र आयोजक गरी कुल १ सय ५ जना प्रतिनिधि जिल्ला भेलामा सहभागी हुने क्रान्तिकारी माओवादी परासीसंगठन
समितिले जनाएको छ ।