काठमाडौं, १ । नेपालले हङकङलाई हराउँदै एसीसी यू–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ । मलेसियामा भएको फाइनल खेलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ ।
पहिला ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा अलआउट भएर ७६ रनमा सिमित भयो । ७७ रनको लक्ष्यसहित मैदानमा उत्रेको नेपालको तेस्रो ओभरको पहिलो विकेट गुमेको थियो । दोस्रो विकेटका लागि सन्दीप सुनारले अनिलकुमार साहसँग २८ रनको साझेदारी गरे गर्दा नेपाली इनिङ सुदृढ देखियो । हङकङका करनदीपले सातौं ओभरमा सन्दीप र अनिलकुमारलाई आउट गरे ।
मलेसियामा भएको खेलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ३२.१ ओभरमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ र कसिलो फिल्डिङका सामु हङकङका ब्याट्सम्यान जम्न सकेनन् । पहिलो ओभरमै राग कपुरलाई अनिलकुमार साहको बलमा विकेट किपर आसिफ सेखबा क्याच भए ।
नेपालका लागि सन्दीप लामिछानेले ८ रन दिएर ३ विकेट लिए । ६.१ ओभर बलिङ गरेका उनी आज पनि सशक्त सावित भए । शाहब आलमले ७ ओभर बलिङ गर्दै ३ विकेट लिएर १५ रन खर्चिए । उनले दुई ओभर मेडन राखे । त्यसबाहेक अनिलकुमार साह र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
एसिसी यु १९ पूर्वी क्षेत्र छनौटमा सबै खेल जित्दै नेपाल च्याम्पियन बनेको हो । जितसँगै नेपाल एशिया कप खेल्ने निश्चित भएको छ ।