काठमाडौं । मौसमविद्ले सोमबारदेखि ठूलो पानी पर्ने सम्भावना नरहेकाले आम सर्वसाधारण नआत्तिन अनुरोध गरेका छन् ।
मनसुन सक्रिय पारेको प्रणाली कमजोर बनेकाले तत्काल बाढी आउने गरी ठूलो पानी नपर्ने मौसमविद वरुण पौडेलले बताए ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् भने पहाडी र हिमाली जिल्लामा पहिरोका कारण सर्वसारणले ज्यान गुमाउनुपरेको छ ।
तर अब बिस्तारै नदी तथा खोलामा पानीको सतह कम हुँदै जाने मौसमविद्को भनाई छ । मनसुन कायमै रहेकाले लगातार झरी नपरेपनि वर्षा भने हुने बताइएको छ ।
मध्य र पश्चिमका केही ठाउँमा सोमबार पानी पर्ने पूर्वानुमान छ । पूर्वमा भने विस्तारै अब कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।