Source: twitter.com/@NepalNHRC

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभर प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरुको उद्धार र राहत वितरण कार्य प्रभावकारी नभएको भन्दै प्रभावकारी राहत तथा उद्दारकार्य सञ्चालन गर्न आग्रह गरेको छ ।

आयोगले बिशेष गरी तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले व्यापक क्षति पुर्‍याएपनि केन्द्रीय बिपद व्यवस्थापन समिति र जिल्ला व्यवस्थापन समितिले राहत र उद्धारमा प्रभावकारी प्रयास गरेको नदेखिएको जनाएको छ ।

हजारौं नागरिक राहत र उद्धारको पर्खाइमा रहेको भन्दै आयोगले सरकार, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरुलाई प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ ।

आइतबार बिहान बसेको आयोगको आकस्मिक बैठकले सम्भावित प्राकृतिक प्रकोपको पूर्व तयारी नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक प्रकोपपछि देखिन सक्ने सरुवा रोग तथा महामारीबाट बेलैमा जोगिनका लागि चिकित्सकहरुको अस्थायी टोली तत्काल व्यवस्था गर्न आयोगले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर